ताजा समाचार

कोटेश्वर चोकमा कटुवा पेस्तोल देखाएर लुटपाटको प्रयास

काठमाडाैँ । आइतबार बिहान ६:३० बजे काठमाडौंको कोटेश्वर चोकमा कटुवा पेस्तोल देखाएर लुटपाटको प्रयास भएको छ।

काठमाडौं महानगरपालिका ३२ कोटेश्वरमा एक युवकमाथि पेस्तोल देखाएर लुटपाटको प्रयास भएको हो।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रमेश विष्टका अनुसार राधेराधे बस्ने अनदाजी ३० वर्षका युवराज आलेमगरमाथि लुटपाटको प्रयास भएको हो।

‘कटुवा पेस्तोल देखाएर मोबाइल फोन माग्यो। आफूले प्रतिवाद गर्दा पेस्तोल झरेपछि ती व्यक्ति भागेको भन्ने खबर आएको थियो,’ उनले भने।

उनले घटना भएपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीले केही व्यक्तिहरूलाई नियन्त्रणमा लिइ थप अनुसन्धान गरिरहेको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org