माधव नेपालको संयोजकत्वमा कार्यदल गठन
काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड-नेपाल समूहको स्थायी कमिटी बैठकले अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा एक कार्यदल गठन गरेको छ।
उक्त कार्यदलले पार्टी भित्रका विभिन्न जिम्मेवारीबारे टुंगो लगाउने र पार्टी एकताका थप काम गर्ने नेताहरूको भनाइ छ।
आज पेरिसडाँडामा अध्यक्ष नेपालको अध्यक्षतामा स्थायी कमिटी बैठक बसेको थियो।
स्थायी कमिटी सदस्य योगेश भट्टराईले दिएको जानकारीअनुसार अध्यक्ष नेपालको संयोजकत्वमा कार्यदल बनेको छ।
स्थायी कमिटी बैठक सोमबार १ बजे फेरि बस्ने उनले बताए। बैठकका लागि आज एजेन्डा पनि तय भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेपछि नेकपामा दुई समूह क्रियाशील छ।
प्रचण्ड-नेपाल समूहले प्रधानमन्त्री ओलीको कदम असंवैधानिक भएको भन्दै एक महिने संघर्षका कार्यक्रम पनि घोषणा गरिसकेका छन्।
आन्दोलनलाई थप व्यवस्थित बनाउने, प्रदेश सरकारहरूबारे र ओलीले पार्न सक्ने प्रभावलगायत एजेन्डामाथि सोमबारको स्थायी कमिटी बैठकमा छलफल हुने नेताहरूले बताएका छन्।
पार्टीका नेताहरूलाई दिइएको जिम्मेवारी हेरफेर गर्नेलगायत एजेन्डामाथि पनि सोमबार छलफल हुने भट्टराईले बताए।
Comments
अरु समाचार
-
नेपाल–भूटानबीच जनस्तर र व्यापारिकस्तर सम्बन्ध विकासबारे दुई प्रधानमन्त्रीबीच छलफल
न्युयोर्क (अमेरिका), ७ असोज : नेपाल र भूटानबीच जनस्तर र व्यापारिकस्तरमा सम्बन्ध विकासका लागि दुई प्रधानमन्त्रीबीच छलफल भएको छ ।...
-
प्रधानमन्त्री ओली र कुवेतका राजकुमार एवं प्रधानमन्त्री सबाहबीच भेटवार्ता
न्युयोर्क (अमेरिका), ७ असोजः संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री...
-
प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्रीबीच न्युयोर्कमा भेटवार्ता
न्युयोर्क (अमेरिका), ७ असोज : संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका...
-
अर्थमन्त्री पौडेल र आइएमएफ उपनिर्देशकबीच शिष्टाचार भेट
काठमाडौं। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आएएमएफ)को एसिया प्रशान्त क्षेत्र उपनिर्देशक रुपा दत्त गुप्ताबीच शिष्टाचार भेट...
-
प्रधानमन्त्री ओली र मोदीबीच आज भेट वार्ता हुँदै
काठमाडौं । संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन संयुक्त राज्य अमेरिकामा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज विभिन्न राष्ट्रका...
-
प्रधानमन्त्री ओली र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबिच भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी...
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
आज चारवटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज चारवटा संसदीय समितिको बैठक बस्दैछ। जस अनुसार बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक...
-
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री ओली न्यूयोर्क प्रस्थान
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका छन् । शुक्रबार बिहान प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा...