ताजा समाचार

सीता दाहाललाई उपचारका लागि मुम्बई लगियो, प्रचण्ड पनि साथमै

काठमाडाैँ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाललाई थप उपचारका लागि भारतको मुम्बई लगिएको छ।

उनको स्वास्थ्य अवस्था थप जटिल बन्दै गएपछि उपचारका लागि भारत लगिएको हो।

श्रीमती सीताको स्वास्थ्य अवस्थाको जटिलताका कारण प्रचण्ड स्वयं पनि साथमै भारत गएका छन्।

उनको साथमा दुई छोरी (रेणु र गंगा) पनि गएका छन्।

सीताको भारत, मुम्बईमा रहेको एक अस्पतालमा उपचार गरिने पारिवारिक स्रोतले जनाएको छ।

केहि वर्षदेखि पार्किन्सन जस्तै प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी नामक रोगबाट पीडित सीतालाई केहीदिन अघि ललितपुरको मेडिसिटीमा राखेर उपचार गराइएको थियो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org