ताजा समाचार

प्रधानमन्त्रीको स्वागतका लागि सुदूरपश्चिमका मुख्यमन्त्री नजाने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वागतका लागि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिचोलन भट्ट धनगढी विमानस्थलमा नजाने भएका छन् ।

प्रधानमन्त्रीको भ्रमणको औपचारिक जानकारीसमेत नआएकाले मुख्यमन्त्री भट्ट स्वागतका लागि नजाने भएका हुन् । मुख्यमन्त्रीका प्रमुख स्वकीयसचिव शिवसिंह ओलीले आधिकारीकरुपमा प्रधानमन्त्री आउने जानकारी मुख्यमन्त्रीको कार्यालयलाई नआएको बताए ।

प्रधानमन्त्री ओलीले आज धनगढीमा पार्टीको सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । मुख्यमन्त्रीनिकट स्रोतले भन्यो, “उहाँ आउने जानकारी पनि दिइएको छैन । त्यसबाहेक उहाँ गुटको कार्यक्रमका लागि आउनुभएको हो । त्यसैले उहाँको स्वागतका लागि मुख्यमन्त्रीज्यू जानु हुन्न ।”

प्रधानमन्त्री ओलीले संसद् विघटन गरेपछि नेकपा विवाद देशैभर चुलिएको छ । मुख्यमन्त्री भट्ट प्रचण्ड–नेपाल समूहमा छन् । प्रधानमन्त्री धनगढी जाने भएपछि त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org