ताजा समाचार

कुनै बाध्यताका कारण संविधान मिच्‍न पाइदैन : नारायणकाजी श्रेष्ठ

काठमाडौं । राष्ट्रिय सभा सदस्य नारायाणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको ठाडो उल्लंघन गरेर प्रतिनिधि सभा विघटन गरेको बताएका छन् ।

शुक्रबारको राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै श्रेष्ठले प्रधानमन्त्री ओलीको उक्त कदमले प्रतिगमनको आधार तयार गरेको बताए ।

‘संविधानको ठाडो उल्लंघन गरेर असंवैधानिक कदम चालियो । प्रतिनिधि सभा विघटन गरियो । यसले प्रतिगमनको आधार तयार गर्ने त होइन भन्‍ने आशंका उत्पन्‍न भएको छ,’ उनले भने ।

संविधानमा प्रतिनिधि सभा विघटन गर्ने कुनै विशेषाधिकार प्रधानमन्त्रीलाई नभएको उनकोे भनाइ छ ।  ‘संविधानमा प्रधानमन्त्रीलाई विघटन गर्ने कुनै अधिकार छैन । कुनै बाध्यताका कारणले संविधान मिच्‍न पाइदैन,’ उनले भने ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org