ताजा समाचार

सीमामा बस्नुस् : विष्णु रिमाल, मलाई धम्की नदिनुस् ! : रवीन्द्र मिश्र

मिश्र र रिमालबीच सवालजवाफ

काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सल्लाहकारले आफूलाई धम्की दिएको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, “धम्की नै धम्की ! प्रधानमन्त्री ओली पूर्वप्रधानन्यायाधीश तथा अन्य आलोचकप्रति धम्कीपूर्ण भाषा प्रयोग गर्ने । प्रधानमन्त्रीका प्रमुख सल्लाहकार मलाई धम्कीपूर्ण भाषा प्रयोग गर्ने । मैले तलको टिप्पणी गरेपछि उहाँले ट्विटरमा सीमामा बस्न चेतावनी दिनुभएको हो ।”
मिश्रले आफू र रिमालबीच ट्विटरमा भएको सवालजवाफ पनि फेसबुकमा सेयर गरेका छन् ।

सामाजिक सञ्जाल ट्विटरमा मिश्रले गरेको ट्विटमा कमेन्ट गर्दै रिमालले मर्यादा ननाघ्न भनेपछि दुवैबीच सवालजवाफ चलेको हो ।

शनिबार साँझ मिश्रले प्रधानमन्त्रीप्रति आक्रोशित हुँदै ट्विट गरेका थिए ।

“कस्तो समय आयो! पूर्वप्रधानन्यायाधीशहरूले विचाराधीन मुद्दामा बोल्नु पर्ने । प्रधानमन्त्री र राष्ट्रपतिले संविधान खुल्लमखुल्ला कुल्चिने । काण्डैकाण्ड गर्ने प्रधानमन्त्रीको भाषण सुन्न हजारौं जम्मा हुने । महाभ्रष्ट नेताले भ्रष्टाचारविरुद्ध र्‍याली आह्वान गर्दा हजारौं सरिक हुने । अब अति भो !,”  मिश्रले लेखेका छन् ।
उक्त ट्विटको कमेन्ट्मा  रिमालले लेखेका छन्, “सीमामा बस्नुस् रवीन्द्र जी ! तपाईंको यो ट्वीट टिप्पणी गर्न पनि उपयुक्त छैन । यतिचाहिँ भनूँ– मर्यादा नाघ्ने जोसुकै जतिसुकै सेलिब्रिटी भए पनि त्यससँग समयले जवाफ माग्ने छ ।”

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org