ताजा समाचार

अनेरास्ववियूले गुडाउन लागेको ‘बयलगाडा’ प्रहरीले खोस्यो

काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा भंग गरेको विरोधमा नेकपाको प्रचण्ड-नेपाल समूहका विद्यार्थीले सांकेतिक बयलगाडा प्रदर्शन गरेका छन्।

आइतबार काठमाडौं र ललितपुरका विभिन्न ठाउँमा अनेरास्ववियूले बयलगाडा प्रदर्शन गरेको हो।

२०६२/०६३ सालको जनआन्दोलनताका ओलीले ‘गणतन्त्र आउनु भनेको बयलगाडा चढेर अमेरिका पुग्नुजस्तै हो’ भनेका थिए। सोही विषयमा व्यंग्य गर्न अनेरास्ववियूले अहिले बयलगाडा प्रदर्शन गरेको हो।

अनेरास्ववियूको बयलगाडा गुडाउने कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको छ।

ललितपुरको पाटनमा प्रहरीले बयलगाडा खोस्न खोजेपछि केहीबेर तनाव भएको थियो।

प्रधानमन्त्री ओलीले असंवैधानिक तरिकाबाट प्रतिनिधि सभा विघटन गरेको भन्दै उक्त कदम सच्याउन प्रचण्ड-नेपाल समूहको अनेरास्ववियूले माग गरिरहेको छ।

हेर्नुस् तस्बिरहरू

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org