ओली समूहको अन्तर पार्टी निर्देशन- पार्टीमा विभाजनको आधार प्रचण्डको ‘आरोप पत्र’
काठमाडाैँ । केपी शर्मा ओली नेतृत्वको नेकपाले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को ‘आरोप पत्र’ नै पार्टी विभाजनको आधार बनेको ठहर गरेको छ।
ओली नेतृत्वको नेकपाले अन्तर पार्टी निर्देशन (अपानी)जारी गर्दै प्रचण्डले पार्टीमा विध्वंस मच्चाउन खोजेकोसमेत आरोप लगाएको छ। कात्तिक २८ गते बसेको नेकपा सचिवालय बैठकमा प्रचण्डले १९ पृष्ठ लामो राजनीतिक प्रस्ताव राखेका थिए। ओली समूहले त्यसलाई आरोप पत्र भन्दै आएको छ।
‘भाषीक हिसाबले असाध्यै अमर्यादित, शैलीको हिसाबले अत्यन्त अशिष्ट र पूर्वाग्रही एवं विषयवस्तुका हिसाबले विभाजनकारी, विध्वंसात्मक र पार्टीभित्रको मित्रवत् अन्तरविरोधलाई शत्रुतापूर्ण अन्तरविरोधमा बदलेको उक्त ‘प्रस्ताव’ को वितरणसँगै पार्टी गम्भीर सङ्कटमा धकेलिन पुग्यो,’ अपानीमा भनिएको छ,’नेताहरू त्यत्तिमै रोकिनुभएन, आफ्नो पार्टी अध्यक्षविरुद्ध पार्टी विधानमात्र होइन, मुलुकको संविधान र कानुन आकर्षित हुने फौजदारी प्रकृतिका आरोप लगाइएको उक्त अभियोगपत्रलाई पार्टी केन्द्रीय कार्यालय र लोगोको दुरूपयोग गर्दै राष्ट्रव्यापी वितरण गरेर पार्टीमा विभाजनको आगो सल्काउने काम गर्नुभयो। परिणामतः उक्त आरोप पत्र पार्टी विभाजनको आधार पत्र बन्न पुगेको छ।’
सीमित प्रतिनिधित्व र नेतृत्व परिवर्तनको म्यान्डेटसहितको ‘एकताको विशेष महाधिवेशन’ यथाशीघ्र आयोजना गर्न ‘प्रचण्ड’ लाई आग्रह गर्दा समेत नमानेको अपानीमा उल्लेख छ। छद्म सम्झौता गरेर जसरी पनि पार्टी र सरकारको नेतृत्व हत्याउने योजनामा प्रचण्ड-नेपाल समूह रहेकाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुबै पदबाट बर्खास्त गर्ने भित्री अभियानमा लागेको आरोप ओली समूहले लगाएको छ।
‘कमरेडहरूले प्रथम अध्यक्ष कमरेड केपी शर्मा ओलीलाई अध्यक्ष पदबाट हटाउने प्रस्ताव पार्टीको केन्द्रीय सचिवालय, स्थायी कमिटी वा केन्द्रीय कमिटीमा निर्णयार्थ प्रस्तुत गर्ने आँट गर्नुभएन,’ अपानीमा भनिएको छ,’त्यसैगरी उहाँहरूले संसदीय दलको नेता परिवर्तन गरेर प्रधानमन्त्री परिवर्तन गर्ने सहज वैधानिक बाटो अवलम्बन गर्ने आँट गर्नु भएन। पार्टी तथा संसदका ती संरचनाहरू आफ्ना निजी स्वार्थ केन्द्रीत महत्वाकांक्षाका लागि सहयोगी बन्ने सम्भावना नदेखेपछि अँध्यारो कोठामा बसेर फर्जी हस्ताक्षरसहितको अविश्वासको प्रस्ताव तयार गर्न र संसदमा दर्ता गर्न उद्दत हुनुभएको हो भन्ने कुरा छर्लङ्ग छ।’
प्रचण्डको सके पार्टी र सरकारको नेतृत्व कब्जा गर्ने, नभए पार्टी विभाजन गर्ने विभाजनकारी र विध्वंसकारी मनसाय नै अहिलेको परिस्थिति मुख्य रूपमा जिम्मेवार रहेको अपानिमा भनिएको छ।
प्रतिनिधि सभा विघटनसँगै मुलुक नयाँ परिस्थितिमा प्रवेश गरेको भन्दै ओली समूहले संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रका विरोधी शक्तिहरूले यसबाट अनुचित लाभ उठाउन सकिन्छ कि भनेर प्रयास गरिरहेको ठहर गरेको छ।
प्रतिनिधि सभा विघटनको निर्णयसँग असहमत नेपाली कांग्रेस लगायतका लोकतान्त्रिक प्रणालीमा विश्वास राख्ने राजनीतिक दलहरू क्रमशः निर्वाचन उन्मुख हुनेसमेत ओली समूहको विश्वास छ।
Comments
अरु समाचार
-
नेपाल–भूटानबीच जनस्तर र व्यापारिकस्तर सम्बन्ध विकासबारे दुई प्रधानमन्त्रीबीच छलफल
न्युयोर्क (अमेरिका), ७ असोज : नेपाल र भूटानबीच जनस्तर र व्यापारिकस्तरमा सम्बन्ध विकासका लागि दुई प्रधानमन्त्रीबीच छलफल भएको छ ।...
-
प्रधानमन्त्री ओली र कुवेतका राजकुमार एवं प्रधानमन्त्री सबाहबीच भेटवार्ता
न्युयोर्क (अमेरिका), ७ असोजः संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री...
-
प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्रीबीच न्युयोर्कमा भेटवार्ता
न्युयोर्क (अमेरिका), ७ असोज : संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका...
-
अर्थमन्त्री पौडेल र आइएमएफ उपनिर्देशकबीच शिष्टाचार भेट
काठमाडौं। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आएएमएफ)को एसिया प्रशान्त क्षेत्र उपनिर्देशक रुपा दत्त गुप्ताबीच शिष्टाचार भेट...
-
प्रधानमन्त्री ओली र मोदीबीच आज भेट वार्ता हुँदै
काठमाडौं । संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन संयुक्त राज्य अमेरिकामा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज विभिन्न राष्ट्रका...
-
प्रधानमन्त्री ओली र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबिच भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी...
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
आज चारवटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज चारवटा संसदीय समितिको बैठक बस्दैछ। जस अनुसार बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक...
-
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री ओली न्यूयोर्क प्रस्थान
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका छन् । शुक्रबार बिहान प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा...