प्रचण्ड-नेपाल पक्षद्वारा प्रदेश १ का मुख्यमन्त्री राईसहित ८ जनालाई निलम्बन
काठमाडाैँ । नेकपाको प्रचण्ड-नेपाल पक्षले प्रदेश १ का मुख्यमन्त्री मुख्यमन्त्री शेरधन राईसहित केही मन्त्री र प्रदेश सांसदलगायत आठ जनालाई तीन महिनाका लागि निलम्बन गरेको छ ।
निलम्बन हुनेमा मुख्यमन्त्री राई, कानूनमन्त्री हिक्मतकुमार कार्की, कृषि राज्यमन्त्री रामबहादुर मगर, भौतिक पूर्वाधार विकास राज्यमन्त्री अम्बिरबाबु गुरुङ, प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी, प्रदेश सभा सदस्य इन्द्रमणि पराजुली, अम्बिका थापा र विमल कार्की रहेका छन् ।
भीम आचार्य नेता रहेको संसदीय दलले ८ जनालाई स्पष्टिकरणपछि निलम्बन गरेको टंक आङ्बुहाङले बताए । आङ्बुहाङ संसदीय दलका उपनेतासमेत हुन् ।
आङ्बुहाङले भने, ‘हामीले १२ गते नै अविश्वासको प्रस्ताव दर्ता गरेका थियौं, त्यसपछि सरकार स्वतः कामचलाउ भएको छ । १५ गते संसदीय दलको बैठक बसेर भीम आचार्यलाई नेता छान्यौं । त्यही दिन संसदीय दलको बोर्ड गठन गरेर पहिला स्पष्टिकरण लियौं । उहाँबाट कुनै जवाफ नआएपछि निलम्बन गरिएको हो ।’
यसअघि मुख्यमन्त्री राईले पनि भीम आचार्यसहितका १६ प्रदेश सभा सदस्यलाई निलम्बन गरेका थिए ।
केन्द्रमा राजनीतिक अस्थीरता बढ्दै जाँदा प्रदेशमा पनि अस्थीरता निम्तिएको हो ।
Comments
अरु समाचार
-
नेपाल–भूटानबीच जनस्तर र व्यापारिकस्तर सम्बन्ध विकासबारे दुई प्रधानमन्त्रीबीच छलफल
न्युयोर्क (अमेरिका), ७ असोज : नेपाल र भूटानबीच जनस्तर र व्यापारिकस्तरमा सम्बन्ध विकासका लागि दुई प्रधानमन्त्रीबीच छलफल भएको छ ।...
-
प्रधानमन्त्री ओली र कुवेतका राजकुमार एवं प्रधानमन्त्री सबाहबीच भेटवार्ता
न्युयोर्क (अमेरिका), ७ असोजः संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री...
-
प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्रीबीच न्युयोर्कमा भेटवार्ता
न्युयोर्क (अमेरिका), ७ असोज : संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका...
-
अर्थमन्त्री पौडेल र आइएमएफ उपनिर्देशकबीच शिष्टाचार भेट
काठमाडौं। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आएएमएफ)को एसिया प्रशान्त क्षेत्र उपनिर्देशक रुपा दत्त गुप्ताबीच शिष्टाचार भेट...
-
प्रधानमन्त्री ओली र मोदीबीच आज भेट वार्ता हुँदै
काठमाडौं । संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन संयुक्त राज्य अमेरिकामा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज विभिन्न राष्ट्रका...
-
प्रधानमन्त्री ओली र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबिच भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी...
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
आज चारवटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज चारवटा संसदीय समितिको बैठक बस्दैछ। जस अनुसार बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक...
-
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री ओली न्यूयोर्क प्रस्थान
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका छन् । शुक्रबार बिहान प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा...