ताजा समाचार

ओलीलाई प्रचण्डको जवाफ : `देश आज अभिभावकविहीन बनेर रोइरहेको छ´

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जवाफ फर्काएका छन्। प्रधानमन्त्री ओलीले शनिबार जनताको ओठमा हाँसो देख्दा प्रचण्डलाई दुःखेको बताएका थिए।

‘उहाँहरूले देश बर्बाद पार्न खोज्दा मैले दिइनँ। उहाँहरूलाई त्यही चिन्ता भएको हो। म देशको मुहारमा मुस्कान ल्याउन चाहन्छुु’ उनले भनेका थिए,  ‘म हसाउँदै हिँड्छु। तर, मान्छे मार्दै हिँड्न सक्दिनँ।’

‘मान्छे मारेर, कुटेर लुटेर, जनतालाई रुवाएको आरोप लगाएका थिए। मैले मान्छे हासे भनेर जोकर नै रहेछ भनेछन्। जनता हासेको देखेर किन पीर परेको होला?’ उनले भनेका थिए। तर, आइतबार त्यसको जवाफ फर्काउँदै प्रचण्डले आफ्नो अभिभावक मरेको र देश अशान्त भएको बेलामा खुसी मनाउन नसक्ने बताएका छन्।

‘हामी हाँसीमजाक गर्ने मुडका छैनौँ। चिन्तित छौँ। परिवारको अभिभावनको मरेको बेलामा हामी खुसी मनाउँदैनौँ’ उनले भने, ‘परिवारमा बाआमा बरेको बेलाको बेलामा कसैले खुसी मनाउँदैन।’

ओलीले संविधानमा प्रहार गर्नु भनेको उल्टो खोपडी रहेको रहेको दाबी गरे। ओलीको चरित्र जोकरले देखाउने चरित्र मात्रै रहेको जिकिर गरे।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org