ताजा समाचार

कार्यकर्ताको रक्षाका लागि आन्दोलनको अग्रमोर्चामा रहेर टाउको फुटाउन तयार छु

शाकाहारी आन्दोलनले पुग्ने देखिएन, मांशाहारी आन्दोलनमा जुटाैँ

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आवेग र आक्रामक आन्दोलन गर्न युवा विद्यार्थीहरुलाई निर्देशन दिएका छन् । आन्दोलनको अग्रमोर्चामा आफू पनि हुने उनले बताए ।

आफू सम्वद्ध अनेरास्ववयूको भेलालाई सम्बोधन गर्दै उनले भने, ‘शाकाहारी आन्दोलनले पुग्ने देखिएन । हाम्रो आन्दोलन आवेगमय हुनुपर्‍यो । आक्रामक हुनुपर्‍यो । बाघ र सिंह गर्जिए जस्तो हुनुपर्‍यो । प्रतिक्रान्तिकारीको मुटु हल्लिनुपर्‍यो ।’

आन्दोलनको अग्रपंत्तिमा आफूसहितका नेताहरु पनि रहने समेत उनले बताए । पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले अघि भने, टाउको चिलाएको हो कि के हो, एक पटक लाठी खान मन छ ।’ कार्यकर्ताको रक्षाका लागि आफू टाउको फुटाउन तयार रहेको, तर प्रतिगमनलाई कुनै हालतमा सफल हुन नदिने उनले बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org