ताजा समाचार

हिंसात्मक आन्दोलन गर्नुपर्छ भन्न खोजेको होइनः प्रचण्ड

काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शाकाहारी आन्दोलनले भएन भनेर आफूले हिंसात्मक संघर्ष गर्नुपर्छ भन्न नखोजेको स्पष्टीकरण दिएका छन् ।

बुधबार राजधानीमा आयोजित सम्पादकहरुसँगको छलफलमा प्रचण्डले भने, ‘मैले शाकाहारी शव्द भनेर हिंसात्मक भनेको होइन तर आवेगपूर्ण भन्न खोजेको हो ।’

आफ्नो भनाइले कन्फ्युजन ल्याएको बताउँदै उनले भने, ‘त्यसले अलिकति कन्फ्युजन त ल्याएको छ तर आक्रोश, आवेग व्यक्त गर्न खोजेको हो ।’

आफूहरु निकट अनेरास्ववियूको भेलालाई यही माघ चार गते काठमाडौंमा सम्बोधन गर्दै प्रचण्डले अब शाकाहारी आन्दोलनले मात्र पुग्ने देखिँदैन भनेका थिए ।

जनताको बहुदलीय जनवाद (जबज) प्रधानमन्त्री केपी शर्मा ओलीले नै छाडेको प्रचण्डले बताए । आफूसँग पार्टी एकीकरणको सम्झौता हुँदा ओलीले जबज छाडेको प्रचण्डको भनाइ छ ।

निर्वाचनसँग आफूहरु नडराउने तर तानाशाहले गराउने चुनावले संविधान भाँच्ने उनले बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org