प्रचण्डलाई कटाक्ष गर्दै ओलीले भने– बाउ होस् त्यस्तो, ससुरा होस् त त्यस्तो !
प्रधानमन्त्री एवं नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले नेकपाकै अर्को समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो परिवारका लागि मात्र सोचेको भन्दै कटाक्ष गरेका छन् ।
ओलीले अरूका छोराछोरी त काठका हुन् ? पसलमा बेच्न राखेका पुतली हुन् ? भन्दै प्रचण्डलाई प्रश्न समेत गरे ।
केपी ओलीका छोराछोरी छैनन्, मेरा त छोरीहरू छन् …., छोरीलाई जिताउन मत पत्र च्यात्नै पर्यो । ज्वाइँ छन्, घर किन्दिनै पर्यो,’ प्रचण्डलाई कटाक्ष गर्दै ओलीले भने, ‘बाउ होस् त्यस्तो, ससुरा होस् त्यस्तो ।’
नेकपा ओली समूह निकट प्रेस संगठन सम्बद्ध पत्रकारहरूको राष्ट्रिय भेलालाई बिहीवार राष्ट्रिय सभागृहमा सम्बोधन गर्दै ओलीले थपे– ‘मलाई त सञ्चै छ । यो देशका सबै केटाकेटीलाई आफ्नै केटाकेटी ठान्छु । उहाँलाई त्यो ठाउँमा पुर्याउने योद्धाका छोराछोरी छन् कि छैनन् ? अरूका छोराछोरी त काठका हुन् ? पसलमा बेच्न राखेका पुतली हुन् ? मेरा त छोराछोरी छन्, हेर्नुपर्छ रे !’
साथै ओलीले कम्युनिस्ट पार्टीहरू जोडेर देश विकासमा समर्पित हुने बलियो पार्टी निर्माण गर्न खोजे पनि हुत्ती नभएको पार्टी बनेको बताए ।
‘मैले प्रयास गरेको थिएँ, लेफ्ट पार्टी जोडेर देशको विकासमा समर्पित होस्, आधुनिक, सभ्य र अरूले पनि आहा भन्ने देश बनाउने तर्फ लागोस्,’ ओलीले भने, ‘एउटा राम्रो कामको पनि समर्थन गर्ने आँट नभएको, हुत्ती नभएको पार्टी बन्यो ।’
Comments
अरु समाचार
-
नेपाल–भूटानबीच जनस्तर र व्यापारिकस्तर सम्बन्ध विकासबारे दुई प्रधानमन्त्रीबीच छलफल
न्युयोर्क (अमेरिका), ७ असोज : नेपाल र भूटानबीच जनस्तर र व्यापारिकस्तरमा सम्बन्ध विकासका लागि दुई प्रधानमन्त्रीबीच छलफल भएको छ ।...
-
प्रधानमन्त्री ओली र कुवेतका राजकुमार एवं प्रधानमन्त्री सबाहबीच भेटवार्ता
न्युयोर्क (अमेरिका), ७ असोजः संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री...
-
प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्रीबीच न्युयोर्कमा भेटवार्ता
न्युयोर्क (अमेरिका), ७ असोज : संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका...
-
अर्थमन्त्री पौडेल र आइएमएफ उपनिर्देशकबीच शिष्टाचार भेट
काठमाडौं। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आएएमएफ)को एसिया प्रशान्त क्षेत्र उपनिर्देशक रुपा दत्त गुप्ताबीच शिष्टाचार भेट...
-
प्रधानमन्त्री ओली र मोदीबीच आज भेट वार्ता हुँदै
काठमाडौं । संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन संयुक्त राज्य अमेरिकामा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज विभिन्न राष्ट्रका...
-
प्रधानमन्त्री ओली र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबिच भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी...
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
आज चारवटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज चारवटा संसदीय समितिको बैठक बस्दैछ। जस अनुसार बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक...
-
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री ओली न्यूयोर्क प्रस्थान
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका छन् । शुक्रबार बिहान प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा...