प्रतिनिधि सभा विघटन : संवैधानिक इजलासमा सातौं दिन सुनुवाइ हुँदै
काठमाडौं । प्रतिनिधि सभा विघटनसम्वन्धी मुद्दा सातौं दिन संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ।
अघिल्लो साताको आइतबारदेखि चलिरहेको सुनुवाइ हेर्दाहेर्दै रहेको छ।
प्रधानन्यायाधीशसहित पाँच न्यायाधीशको संवैधानिक इजलासमा रहेको मुद्दामा निवेदकहरुले बहस गरिरहेका छन्। सर्वोच्चमा प्रतिनिधि सभा विघटनविरुद्धका १३ थान निवेदन रहेका छन्। ती निवेदनमा पक्षका कानुन व्यवासायीले संविधानले नदिएको अधिकार प्रयोग गरि विघटन गरेको दावी पेश गरिरहेका छन्।
निवेदकका तर्फवाट बहस गर्ने वरिष्ठ अधिवक्ता एवं अधिवक्ताहरुले संविधानले दिएको अधिका भन्दा बाहिर गएर प्रधानमन्त्री केपी ओलीले प्रतिनिधि सभा विघटनको सिफारिस गरेको दावी पेश गरेका छन्। हालसम्म दुई दर्जनभन्दा धेरै कानुन व्यवसायीहरुले यो मुद्दामा बहस गरेका छन्। आइतबारदेखि वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीको निवेदनदेखि बहस हुँदैछ। करिब २५० जना अधिवक्ताहरुले बहसका लागि निवेदन दिएका छन्। त्यसैगरी सर्वोच्च बार र नेपाल बार एशोसियसनबाट मगाइएका पाँच जना एमिकस क्युरी र महान्यायाधीवक्ता अग्नि खरेलले पनि बहस गर्ने छन्।
प्रधानमन्त्री ओली र सभामुख अग्नि सापकोटाले निजी कानुन व्यवसायी राखेका छन्। उनीहरुको बहसपछि निवेदकहरुले उठेका प्रश्नमा जवाफ दिने छन् । यो प्रक्रिया पुरा भएपछि मात्र फैसलाको चरणमा जाने छ। सरकारले पुस ५ गते प्रतिनिधि सभा विघटन गर्दै वैशाखमा निर्वाचन गर्ने सिफारिस गरेको थियो। उक्त सिफारिसलाई राष्ट्रपति विद्यादेवि भण्डारीले केही घन्टामै अनुमोदन गरेकी थिइन्।
उनको अनुमोदनपछि नेकपा नै दुई भागमा विभाजित भएको छ भने दलहरु विरोधमा रहेका छन्। नागरिक समाज र संवैधानिक कानुनका जानकारहरुले प्रधानमन्त्री ओलीको कदम गैरसंवैधानिक भएको दावी गर्दै आएका छन्।
Comments
अरु समाचार
-
पारिवारिक सुखको कामना गर्दै आजदेखि जितिया पर्व मनाइँदै
जलेश्वर (महोत्तरी), ७ असोजः सन्तानको दीर्घजीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने सम्पूर्ण मिथिला क्षेत्रकै पवित्र ‘जितिया पर्व’...
-
आइसिसी विश्वकप क्रिकेट : नेपाल क्यानडासँग पाँच विकेटले पराजित
काठमाडौँ, ७ असोजः क्यानडामा जारी आइसिसी विश्वकप क्रिकेट लिग दुईको आफ्नो तेस्रो खेलमा पनि नेपाल पराजित भएको छ । क्यानडाको...
-
नेपाल–भूटानबीच जनस्तर र व्यापारिकस्तर सम्बन्ध विकासबारे दुई प्रधानमन्त्रीबीच छलफल
न्युयोर्क (अमेरिका), ७ असोज : नेपाल र भूटानबीच जनस्तर र व्यापारिकस्तरमा सम्बन्ध विकासका लागि दुई प्रधानमन्त्रीबीच छलफल भएको छ ।...
-
प्रधानमन्त्री ओली र कुवेतका राजकुमार एवं प्रधानमन्त्री सबाहबीच भेटवार्ता
न्युयोर्क (अमेरिका), ७ असोजः संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री...
-
प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्रीबीच न्युयोर्कमा भेटवार्ता
न्युयोर्क (अमेरिका), ७ असोज : संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका...
-
रविलाई पक्राउ गर्ने चर्चासँगै पार्टी कार्यालयमा सरगर्मी बढ्यो
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गर्ने चर्चासँगै वनस्थलीस्थित पार्टी कार्यालयमा सरगर्मी बढेको छ । सभापति लामिछाने...
-
दुई महिनामा साढे ९४ अर्ब सरकारी ऋण थपियो
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिनामा रु ९४ अर्ब ५२ करोड सरकारी ऋण थपिएको छ ।...
-
नेप्से परिसूचकमा दोहोरो अङ्कको सुधार
काठमाडौं । साताको पहिलो दिन अर्थात कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ ।...
-
मुस्ताङको सुन्दरतामा पर्यटक आकर्षित,उपल्लो मुस्ताङलाई अर्धनिषेधित क्षेत्र कायमै राख्दा पर्यटक आवागमन न्यून
काठमाडौं । ऐतिहासिक र धार्मिक महत्वको मुस्ताङको पृथक भू–बनोट, प्राकृतिक, भौगोलिक, सांस्कृतिक, जैविक विविधताले विश्वभरका पर्यटक आकर्षित हुँदै आएका छन्...