ताजा समाचार

पूर्वसभामुख दमननाथ ढुंगानाविरुद्ध न्यायालयको अपहेलनासम्बन्धी मुद्दा दायर

काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाविरुद्ध सर्वोच्च अदालतमा न्यायालयको अपहेलनासम्बन्धी मुद्दा दायर भएको छ ।

गत सोमबार राजधानीमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा ढुंगानाले बोलेका कुरालाई लिएर अपहेलना मुद्दा दायर भएको सर्वोच्च अदालतका सहायक प्रवक्ता देवेन्द्र ढकालले  बताए ।

ढुंगानाले संविधानसभा सदस्य मञ्च नेपालद्वारा आयोजित अन्तरक्रियामा प्रतिनिधिसभा विघटनका बारेमा बहस गर्दा संवैधानिक र राजनीतिक दुवै पक्षबाट हेर्नुपर्ने भन्दै संविधानअनुसार फैसला गर्नुपर्ने हो भने सर्वोच्च अदालतले शतप्रतिशत संसद ब्यूँताउनुपर्ने बताएका थिए ।

उनले भनेका थिए, ‘न्यायाधीशहरुले संविधान नाघेर फैसला गर्न सक्दैनन्, उनीहरुको पनि पदीय सुरक्षाको कुरा छ । सडकबाट न्यायाधीश तान्ने दिन आउन सक्छ । हामीले संसारमा देखेका छौं, फिलिपिन्समा त म पुगेकै बेला त्यस्तो भएको छ ।’

उनका सो अभिव्यक्तिले न्यायालयको अपहेलना भएको भन्दै अधिवक्ता राजाराम घिमिरेले मंगलबार मुद्दा दायर गरेका हुन् । मंगलबार नै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध पनि यस प्रकारका दुई वटा मुद्दा दायर भएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org