ताजा समाचार

निर्वाचन आयोगले बोलाएको छलफलमा अध्यक्षहरू अनुपस्थित

काठमाडौं । निर्वाचन आयोगले नेकपाका दुवै पक्षका अध्यक्षलाई बैठकका लागि बोलाएको भए पनि दोस्रो तहका नेताहरू अध्यक्षको सन्देश बोकेर पुगेका छन् ।

अहिले नेकपा प्रचण्ड–नेपाल समूहका नेताहरू राजेन्द्र पाण्डे र लिलामणि पोख्रेल तथा ओली समूहका तर्फबाट कृष्णगोपाल श्रेष्ठ र रामेश्वर फुयाँल निर्वाचन आयोग पुगेका छन् ।

आयोगमा पुगेका पाण्डेले निर्वाचन आयोगले कसरी निर्वाचन गर्न सकिँदैन भनेर बोलाएको प्रतिक्रिया दिए । उनले आजको छलफलमा अध्यक्षहरू उपस्थित हुन नसकेको जानकारी गराउँदै अर्को छलफलका लागि आग्रह गरिने बताए । दुवै समूहका नेताहरू अहिले आयोग पुगेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org