ताजा समाचार

प्रचण्ड–नेपाल पक्षको केन्द्रीय समिति बैठक सुरु

काठमाडाैँ । नेपाल कम्युनस्ट पार्टी (प्रचण्ड–नेपाल पक्ष) को केन्द्रीय समिति बैठक सुरु भएको छ ।

बैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष माधव कुमार नेपालले पार्टी विभाजित नभएको र दुई तिहाइ केन्द्रीय सदस्य आफूहरुकै पक्षमा रहेको दावी गरे ।

केपी ओलीले जथाभावी गुटगत क्रियाकलाप गरेपछि पार्टीमा गम्भीर संकट आएको उल्लेख गर्दै उनले पार्टी विभाजित भने नभएको बताए । उनले मुल पार्टी आफूहरु नै रहेको पनि बैठकमा बताए ।
उनले पार्टीमाथि दागा नधर्न र आँखा नलगाउन पनि केपी ओलीलाई चेतावनी दिए ।

उनले पार्टी एकता गर्दा भएको सहमति ओलीले पालना नगरेको पनि आरोप लगाए । ओली गुटगत गतिविधिमा लागेकाले कारबाही गरिएको पनि बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org