ताजा समाचार

प्रधानमन्त्रीले फेरि बोलाए संवैधानिक परिषद्को बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबारका लासग संवैधानिक परिषद्को बैठक बोलाएका छन् । बैठक बुधबार बिहान ११ बजे बालुवाटारमा बस्ने बताइएको छ ।

केही नियुक्ति र परिषद्को काम–कारबाहीबारे छलफल गर्न बैठक बोलाइएको बालुवाटार स्रोतले जानकारी दियो ।

“संवैधानिक परिषद्ले गरेको नियुक्तिको आज अवधि पुग्दैछ । यसबारे पनि छलफल हुनेछ । अरू विषयगत कुराहरूमा पनि छलफल होला,” स्रोतले भन्यो ।

पुस ५ गते संसद् विघटन गर्नुपूर्व नै प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश ल्याएर रिक्त संवैधानिक पदहरू पूर्ति गरेका थिए । बुधबार नियुक्तिको ४५ दिन पूरा भएको छ ।

संसदीय सुनुवाइ नभएपछि परिषद्ले सिफारिस गरेका पदहरू राष्ट्रपतिले सिधै नियुक्त गर्न सक्ने वैधानिक प्रावधान छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org