राष्ट्रसंघको सुरक्षा परिषदको आकस्मिक बैठकः म्यानमारको सैन्य ‘कू’बारे छलफल हुने
एजेन्सि । म्यानमारको सैन्य ‘कू’बारे छलफल गर्न राष्ट्रसंघको सुरक्षा परिषदको आकस्मिक बैठक बोलाइएको छ।
मंगलबार सुरक्षा परिषदको आकस्मिक बैठक बोलाइएको हिन्दुस्तान टाइम्सले जनाएको छ।
आइतबार राति म्यानमारका सेनाले सत्तारुढ दल नेसनल लिग फर डेमोक्रेसीकी नेतृ आङ सान सुची तथा राष्ट्रपति विन मिन्टसहित प्रदेशका प्रमुखहरूलाई नियन्त्रणमा लिएर सैन्य ‘कू’ गरेका थिए।
म्यानमारमा यतिबेला एक वर्षसम्म संकटकाल घोषणा गरिएको छ।
सैन्य कूपछि राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले उक्त कार्यको विरोध जनाउँदै लोकतान्त्रिक सुधारमा गम्भीर धक्का लागेको बताएका थिए।
यस बैठकले म्यानमारबारे महत्वपूर्ण निर्णय लिने बताइएको छ।
गत नोभेम्बरमा भएको चुनावमा सुचीको पार्टी नेसनल लिग फर डेमोक्रेसी एनएलडीले सरकार गठन गर्ने बहमुत प्राप्त गरेको थियो। तर सेनाले चुनावमा धाँधली भएको आरोप लगाइरहेको थियो।
चुनावमा धाँधली भएकै कारण सैन्य कू गरिएको बताइएको छ। हाल म्यानमारका सेना प्रमुख मिन अङ लाइङले एकवर्षसम्म राज्यसञ्चालनको जिम्मा पाएका छन्।
सैन्य कूपछि प्रतिक्रिया जनाउँदै त्यहाँका सेनाले सोमबार भनेका थिए,‘हामी सन्तुलन र निष्पक्षताका साथ एक वर्षसम्म म्यानमारमा वास्तविक बहुदलिय लोकतन्त्रको अभ्यास गर्नेछौं।’
सेनाले आफूहरुले निष्पक्ष निर्वाचनको आयोजना गर्ने र विजयी हुने पार्टीलाई सत्ता हस्तान्तरण गर्ने बताएका छन्।
लामो समय सैन्य शासन झेलेको म्यानमारमा फेरि सैन्य शासन लागू भएको हो। यसअघि म्यानमारमा सन् १९६२ देखि २०११ सम्म सैन्य शासन थियो।
म्यानमारको सैन्य कूको अमेरिका, भारत, बेलायत लगायतका मूलुकले विरोध जनाएका छन्। अमेरिकाले म्यानमारमा आर्थिक प्रतिबन्ध लगाउने र अन्य आवश्यक कारवाही गर्ने चेतावनी दिएको छ।
Comments
अरु समाचार
-
एक दिने भ्रमण सकेर फर्किइन् जापानी विदेशमन्त्री
काठमाडाैँ । नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री खामिखावा योको आइतबार राति स्वदेश फिर्ता भएकी छन् । जापानको...
-
ला लिगाको उपाधि रियल मड्रिडको पोल्टामा
काठमाडौं । रियल मड्रिडले ३६औं पटक स्पानिस ला लिगाको उपाधि जितेको छ । ला लिगामा दोस्रो स्थानको बार्सिलोना शनिबार राति...
-
जापानकी विदेशमन्त्री आज नेपाल आउँदै
काठमाडाैँ । जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा आज नेपाल आउँदैछिन्। उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा परराष्ट्रमन्त्री योको...
-
चीनले चन्द्रमाको टाढाबाट नमूना संकलन गर्न अनुसन्धान सुरु गर्यो
वेनचाङ ।चीनले चन्द्रमाको टाढाबाट नमूना सङ्कलन गर्नका लागि अनुसन्धान सुरु गरेको छ । यो अनुसन्धान विश्वमा पहिलो पटक हो ।...
-
राजदूत पौड्यालद्वारा क्यानडाकी गभर्नर जनरलसमक्ष ओहोदाको प्रमाणपत्र पेश
काठमाडौं । क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले त्यहाँका गभर्नर जलरल मेरी जे मे सिमनसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका...
-
अफगान मस्जिदमा बन्दुक आक्रमणमा छ जनाको मृत्यु
काठमाडौं । पश्चिमी अफगानिस्तानमा बन्दुकधारीले एक मस्जिदमा आक्रमण गर्दा छ जनाको मृत्यु भएको सरकारका एक प्रवक्ताले मङ्गलबार बताएका छन् ।...
-
कोलम्बिया सेनाको हेलिकप्टर दुर्घटना हुँदा नौ सैनिकको मृत्यु
काठमाडौं । उत्तरी कोलम्बियामा सैनिकहरूलाई आपूर्ति गरेर फर्कने क्रममा सोमबार सेनाको हेलिकप्टर दुर्घटना हुँदा त्यसमा सवार नौ सैनिकको मृत्यु भएको...
-
नाइजेरियामा दादुराका कारण १९ बालबालिकाको मृत्यु
काठमाडौं । नाइजेरियाको उत्तरपूर्वी राज्य अदामावामा दादुरा सङ्क्रमणबाट हालसम्म कम्तीमा १९ बालबालिकाको मृत्यु भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् ।...
-
एम्बाप्पे चम्किँदा पीएसजीको सानदार जित, उपाधिका लागि अब एक जित आवश्यक
काठमाडाैँ । कप्तान केलियन एम्बाप्पे चम्किएको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित हात पारेको छ...