चीनले नेपाललाई दिने भयो ५ लाख डोज कोभिड खोप
चीनले नेपाललाई दिने भयो ५ लाख डोज कोभिड खोप
काठमाडाैँ । चीनले नेपाललाई ५ लाख डोज कोभिड खोप प्रदान गर्ने भएको छ।
आज शुक्रबार साँझ परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र उनका चिनियाँ समकक्षी वाङ यीबीच भएको टेलिफोन वार्ताका क्रममा चिनियाँ मन्त्री तथा स्टेट काउन्सिलर वाङले सो सहयोगको घोषणा गरेका हुन्।
यसअघि ३ लाख डोज दिने भनी नेपालस्थित चिनियाँ दूतावासले घोषणा गरेकोमा आज मन्त्रीले सो परिमाणलाई बढाएर पाँच लाख डोज खोप नेपाललाई अनुदानमै प्रदान गर्ने घोषणा गरेका हुन्।
परराष्ट्र मन्त्रालयका अनुसार ज्ञवालीसँगको कुराकानीमा उनले खोप सहयोगका विषयमा चीनले नेपाललाई प्राथमिकतामा राख्ने पनि बताएका छन्।
‘दुई मन्त्रीबीचको टेलिफोन कुराकानीमा आपसी हितका विषयहरुमा छलफल भएको थियो,’ परराष्ट्र मन्त्रालयद्वारा शुक्रबार बेलुका जारी विज्ञप्तिमा बताइएको छ।
सो सहयोगका लागि मन्त्री ज्ञवालीले चीन सरकारलाई धन्यवाद दिनुका साथै कोभिड खोपलाई विश्वकै सार्वजनिक वस्तुको रुपमा उपलब्ध गराउने चिनियाँ अवधारणाको प्रशंसा गरेका थिए।
भारतले नेपाललाई १० लाख डोज कोभिड खोप प्रदान गरिसकेको छ र भारतबाट अनुदानमा प्राप्त खोप नेपालमा स्वास्थ्यकर्मीलगायतलाई लगाउन सुरु गरिसकिएको छ।
अहिलेसम्म नेपालमा १ लाख ७१ हजारभन्दा बढिले कोभिड खोपको पहिलो डोज लगाइसकेका छन्।
त्यसैगरी, विश्व स्वास्थ्य संगठनको कोभ्याक्स सुविधा अन्तर्गत पनि नेपालले साढे २२ लाख डोज खोप प्राप्त गर्ने भएको छ।
Comments
अरु समाचार
-
आजको विदेशी मुद्रा विनिमय दर कति ? युरो र पाउण्डको मूल्य बढ्यो
काठमाडौँ : बिहीबारको तुलनामा आज शुक्रबार अमेरिकी डलरको मूल्यमा गिरावट आएको छ भने युरो र पाउण्ड स्ट्रलिङको मूल्य बढेको छ...
-
राष्ट्रसंघ महासभाको अधिवेशनमा भाग लिन प्रधानमन्त्री न्यूयोर्क जाँदै
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग...
-
फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झर्यो
काठमाडौं । फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झरेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १७६औँ...
-
चाडपर्व लक्षित सुपथ मूल्य पसल आजदेखि सञ्चालनमा
काठमाडौं । सरकारले आम उपभोक्तालाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले आजदेखि चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा...
-
थाई-नेप्लिज एशोसिएशन थाइल्याण्ड सेन्टरको सातौं कार्यकालको दोस्रो त्रैमासिक बैठक सम्पन्न
बैंकक । थाई-नेप्लिज एशोसिएशन थाइल्याण्ड सेन्टरको सातौं कार्यकालको दोस्रो त्रैमासिक बैठक सम्पन्न भएको छ । बैठक हुवाहिन शाखामा भखरै सम्पन्न...
-
भक्तपुरमा वीर अस्पताल निर्माण गर्ने विषयमा छलफल
काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माण प्रक्रिया अघि बढाउन अर्थ र स्वास्थ्य मन्त्रालयका उच्च पदस्थ अधिकारीबीच छलफल भएको...
-
दरबारमार्गमा हुने कन्सर्टमा पाँच हजार सुरक्षाकर्मी परिचालन
काठमाडौं । संविधान दिवसका अवसरमा आज काठमाडौँको दरबारमार्गमा आयोजना हुने ‘नेसनल डे कन्सर्ट’ कार्यक्रममा पाँच हजार बढी सुरक्षाकर्मी परिचालन हुने...
-
कालीगण्डकीको अवैध दोहन बढ्यो, सडकभर बालुवाको उरुङ
काठमाडौं । वर्षायामका तीन महिना नदीजन्य पदार्थ उत्खनन गर्न निषेध गरिएको भएता पनि कालीगण्डकी नदीको दोहन रोकिएको छैन । कालीगण्डकीमा...
-
अठार वर्षपछि जोमसोममा बसपार्क सञ्चालन
काठमाडौं । अठार वर्षअघि सडक सञ्जालसँग जोडिएको मुस्ताङको सदरमुकाम जोमसोममा बसपार्क सञ्चालन भएको छ । विसं २०६३ चैतमा सडक सञ्जालसँग...