‘प्रभु पे’ नेपालकै पहिलो अपाङ्गमैत्री डिजिटल वालेट
यहाँ दिइन्छ अपाङ्गता भएका व्यक्तिबाटै अपाङ्गमैत्री डिजिटल सेवा
काठमाडौँ । नेपालमै पहिलो पटक ‘प्रभु पे’ले अपाङ्गता मैत्री डिजिटल वालेट बजारमा ल्याएको छ ।
प्रभु टेक्नोलोजी प्रालीले दृष्टीविहिन, सुन्ने शक्ति नभएका व्यक्तिलाई मध्यनजर गरी अपाङ्गता मैत्री डिजिटल वालेट ल्याएको हो ।
शारिरीक अपाङ्गता भएका व्यक्तिलाई डिजिटल बजारसँग जोड्न नेपालमै पहिलो पटक अपाङ्गतामैत्री डिजिटल वालेट सञ्चालनमा ल्याएको प्रभु टेक्नोलोजी प्रालीका प्रबन्ध निर्देशक विक्की शाहीले जानकारी दिए ।
‘दैनिक जीवनमा आइपर्ने कामहरू मोवाइल, ल्याण्डलाइनमा रिचार्ज, विजुली, पानी र विभिन्न किसिमका विल भुक्तानीलगायत मानव जीवनका आधारभूत आवश्यकतालाई छिटो छरितो तरिकाले प्रविधिको माध्यमबाट अपाङ्गता भएका व्यक्तिमाझ हामीले यो सुविधा ल्याएका छौं । जुन अहिलेसम्म नेपालमा कसैले ल्याउन सकेको थिएन,’ प्रबन्ध निर्देशक शाहीले भने ।
यहाँ दृष्टीविहिनहरूबाटै अपाङ्गमैत्री डिजिटल सेवा दिइने शाहीले बताए । ‘प्रभु पे’ ले नेपालमै पहिलो पटक २ जना दृष्टीविहिन विनोद खतिवडा र रचना पराजुलीलाई कर्मचारी नियुक्त गरेर अपाङ्गता मैत्री डिजिटल वालेट सेवा दिइरहेको छ ।
खतिवडाले ‘प्रभु पे’ ले जागिर दिएपछि आफ्नो आधारभूत मध्यको एउटा आवश्यकता पूरा भएको अनुभुती भइरहेको बताए । उनले भने ‘हामीलाई घर बाहिर निस्किदा हातमा सेतो स्ट्रिक देख्नेवित्तिकै हेर्ने दृष्टिकोण फरक छ कि जस्तो लाग्थ्यो । जब ‘प्रभु पे’ ले हामीजस्ता शारिरीक अपाङ्गता भएका व्यक्तिहरूलाई मध्यनजर गरेर डिजिटल वालेट बजारमा ल्यायो, यसले गर्दा हाम्रो आधारभुत मध्यको एउटा आवश्यकता पूरा भएको अनुभुती भइरहेको छ ।’
२०७५ सालबाट सु? भएको ‘प्रभु पे’ डिजिटल वालेटले गत असोज महिनादेखि अपाङ्गमैत्री फिचरका साथ अपाङ्गमैत्री डिजिटल वालेटसमेत सञ्चालनमा ल्याएको हो ।
‘प्रभु पे’ बाट मोबाइलबाटै कुनै पनि बैंक तथा वित्तीय संस्थाको रकम एउटा खाताबाट अर्कोमा ट्रान्सफर गर्न, बिजुली तथा पानीको बिल भुक्तानी गर्न, किनमेलमा खर्च भएको बिलको रकम भुक्तानी गर्न, प्रभु टिभी रिचार्ज गर्न, मोबाइल रिचार्ज गर्न सकिन्छ ।
‘प्रभु पे’ मा युनियन पे र क्यूआर कोड स्क्यानमार्फत पैसा तिर्ने सेवा पनि छ । यसले नियमीत ग्राहकलाई १० लाखसम्मको दुर्घटना बिमाको सुविधा पनि दिएको छ ।
Comments
अरु समाचार
-
आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै, पत्रकार महासंघद्वारा काठमाडौंमा प्रभातफेरी
काठमाडौं । आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि प्रेसः वातावरणीय सङ्कटको सामनामा पत्रकारिता’ नाराका साथ प्रेस स्वतन्त्रताको...
-
एमाले पश्चिम नवलपरासीको ९ औं अधिवेशन आजदेखि
रुपन्देही । नेकपा एमाले पश्चिम नवलपरासीको ९ औं अधिवेशन शुक्रबार आजदेखि सुरु हुँदैछ । शुक्रबार र शनिबार हुने अधिवेशन उद्घाटनका...
-
आईपीएल: शीर्ष स्थानको राजस्थानमाथि हैदरावादको १ रनको सनसनीपूर्ण जित
काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा शीर्ष स्थानको राजस्थान रोयर्ल्समाथि सनराइजर्स हैदरावादले १ रनको सनसनीपूर्ण जित निकालेको...
-
सामाजिक सञ्जालमा सर्वाधिक रुचाइएका भेलुबाजेको निधन
बुटवल । सामाजिक सञ्जाल टिकटकमा सर्वाधिक रुचाइएका प्यूठानका मिन बहादुर बुढामगर (भेलुबाजे)को निधन भएको छ। बिहीबार उपचारका क्रममा जिल्ला अस्पताल...
-
कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन : गृहमन्त्री लामिछाने
काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुन नहुने बताउनुभएको छ । बाँकेको...
-
एमाले जुम्लाको अध्यक्षमा महत
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) जुम्लाको अध्यक्षमा शान्तिलाल महत निर्वाचित हुनुभएको छ । महत एक सय ९४ मतसहित विजयी...
-
नेपालसामु जितका लागि २१० रनको लक्ष्य
काठमाडौं । वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको चौथो खेलमा नेपाललाई जितका लागि दुई सय १० रनको चुनौती दिएको छ ।...
-
नाबालिका हत्या आरोपमा छिमेकी आमाछोरी पक्राउ
काठमाडौं । नाबालिका हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले सिराहा नगरपालिका–१९ जरुवा लक्ष्मीनियाँ टोलका आमाछोरीलाई पक्राउ गरी कर्तव्य ज्यानसम्बन्धी मुद्दा चलाएको...
-
अग्निपीडितलाई आर्थिक सहयोग
काठमाडौं । जिल्लाको रोशी गाउँपालिका–४ सानोपोटा गाउँका अग्निपीडितलाई आर्थिक एवं भौतिक सहयोग गरिएको छ । उक्त गाउँका १५ परिवारलाई जिल्ला...