ताजा समाचार

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको सुनुवाइ भोलि नहुने

काठमाडाैँ । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको सुनुवाइ मंगलबार नहुने भएको छ ।

पूर्वन्यायाधीश इन्द्रराज पाण्डेको निधन भएका कारण मंगलबार सुनुवाइ नहुने भएको प्रधानन्यायाधीश चालेन्द्र शमशेर राणाले आजको इजलासमा जानकारी दिए । इजलास बुधबारदेखि पुनः निरन्तर हुने राणाले बताए ।
पाण्डेको सोमबार बिहान वानेश्वर स्थित आफ्नै निवासमा ९० वर्षको उमेरमा निधन भएको थियो ।

तत्कालिन मल्लिक आयोगका सदस्य समेत रहेका पाण्डे विगत लामो समयदेखि नशा सम्बन्धी रोगले पीडित थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org