ताजा समाचार

प्रचण्ड–नेपाल समूहका कार्यकर्ता र प्रहरीबीच झडप, प्रहरी निरीक्षक दिनेश गौतम घाइते

काठमाडाैँ । नेकपा प्रचण्ड–नेपाल समूहका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ ।

त्यस समूहकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई पक्राउ गर्न शंखमुलस्थित निवासमा पुगेको प्रहरीको टोली र नेकपाका कार्यकर्ताबीच झडप हुँदा सादा पोशाकमा खटिएका महानगरीय अपराध महाशाखाका प्रहरी निरीक्षक दिनेश गौतम घाइते भएका हुन् ।

झाँक्रीलाई पक्राउ गर्न लागेको विरोधमा नेकपाका कार्यकर्ताले घरबाहिर प्रदर्शन गरिरहेका छन् । झाँक्रीलाई पक्राउ गर्न महाशाखाले डीएसपी दुर्गा रेग्मीको कमाण्डमा प्रहरीको टोली खटाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org