ताजा समाचार

झाँक्रीको पक्राउपछि गगन थापाको आक्रोश– सरकार झ्यालखानाको संख्या थप

काठमाडाैँ । नेकपा नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेपछि कांग्रेस नेता गगन थापाले आक्रोशित हुँदै सरकारलाई झ्यालखानाको संख्या थप्न चुनौती दिएका छन् ।

केहीबेर अघि सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर थापाले सरकार कर्तव्य निर्वाह गर्न छोडेर असंवैधानिक र अलोकतान्त्रिक कार्यमा अग्रसर भएको भन्दै उनले प्रश्न गर्नेलाई झ्यालखानामा राखेर तर्साउन खोजेको आरोप लगाएका छन् । उनले उहिले महाराजाले गर्ने काम अहिले  राष्ट्रपतिले गरेको भन्दै आक्रोश व्यक्त गरे ।

उनले लेखेका छन्, ‘सरकार झ्यालखानाको संख्या थप, किनकि सत्यको पक्षमा बोल्ने मुख तिमीले देखाएको त्रासले बन्द हुँदैन।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org