ताजा समाचार

वसन्त श्रवण गर्न राष्ट्रपति भण्डारी हनुमानढोकामा

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले वसन्त पञ्चमीका अवसरमा आज हनुमानढोकामा वसन्त श्रवण गरेकी छिन्।

हनुमानढोका दरबारस्थित नासलचोकमा आयोजित विशेष समारोहमा राष्ट्रपतिलाई हनुमानढोका हेरचाह अड्डाका मूल पुरोहितले अभिषेक, टीका, माला र फूलप्रसाद प्रदान गरेका थिए।

परापूर्वकालदेखि वसन्त पञ्चमीका दिन राष्ट्राध्यक्ष एवं सरकार प्रमुखलगायत नेपाल सरकारका विशिष्ट व्यक्तिबाट वसन्त श्रवण गर्ने परम्परा छ।

सो अवसरमा नेपाली सेनाको एक टुकडीले राष्ट्रपतिको सम्मानमा सम्मानगारत अर्पण गर्नुका साथै मङ्गलधुन प्रस्तुत गरेको थियो। उक्त अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्नी सापकोटा लगायतले पनि वसन्त श्रवण गरी टीका, माला र फूलप्रसाद ग्रहण गरेका थिए।

श्रीमद्भागवत महापुराणमा भगवान् श्रीकृष्णको खोजीमा रहेकी प्रेमिका राधा र उनका सखीहरूले वसन्त ऋतुको आगमनको स्वागत गर्दै वसन्तराग गाएर कृष्ण भगवान्को आराधना गरेको प्रसङ्ग उल्लेख छ।

राष्ट्रपति हनुमानढोका जाँदा काठमाडौंका सडक अस्तव्यस्त भएको थियो। बालाजु, महाराजगंज, कालीमाटी लगायतकै क्षेत्रबाट सार्वजनिक यातायात संचालनमा रोक लगाइएको थियो। राष्ट्रपति सवारी हुने रुटमा गाडीहरुलाई धेरै बेर सम्म रोकिएको थियो।

यस्तै, हनुमानढोका परिसरामा सर्वसाधरणलाई हिँड्डुल गर्न समेत कडाइ गरिएको थियो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org