ताजा समाचार

प्रबलीकरण गरिएको प्रधानमन्त्री कार्यालय (फोटो फिचर)

काठमाडौँ । भूकम्पले क्षति पुर्‍याएको सिंहदरबारको मुख्य प्रशासनिक भवनलाई प्रबलीकरण गरेर आधुनिक बनाइएको छ ।

सुविधायुक्त बनाइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सञ्चालनमा आएको छ ।

तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेर जबराले सन् १९०८ मा बनाएको उक्त भवनको अगाडि (पश्चिम)को मुख्य मोहडा, पूर्वतर्फको मुख्य प्रशासनिक भवन तथा त्यसभित्रको संरचना भूकम्पले भत्काएपछि छुट्टाछुट्टै भागमा विभाजन गरेर मर्मत गरिएको थियो ।

भवनमा वास्तुविज्ञको समेत सुझावका आधारमा चारैतिर काठैकाठले ढाकेर बनाइएका कोठा छन् ।

तस्वीरमा हेर्नुहोस् प्रबलीकरण गरेर आधुनिक बनाइएको प्रधानमन्त्री कार्यालयको कक्ष

तस्वीर : प्रधानमन्त्रीको सचिवालय ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org