ताजा समाचार

प्रचण्ड-नेपाल समूहले स्वेतपत्रको सट्टा प्रतिबद्धता पत्र सार्वजनिक गर्ने

काठमाडाैँ । नागरिकसामु आफ्ना कमीकमजोरी र भविष्यका कार्ययोजना प्रस्तुत गर्न प्रचण्ड-नेपाल समूहले प्रतिबद्धता पत्र जारी गर्ने तयारी गरेको छ  ।

प्रतिबद्धता पत्र तयार गर्न नेकपा प्रचण्ड-नेपाल समूहले प्रवक्ता नारायणकाजी श्रेष्ठको संयोजकत्वमा ८ सदस्यीय कमिटी गठन गरेको छ । कमिटीमा भीम बहादुर रवाल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, वेदुराम भुसाल, रघुजी पन्त, वर्षमान पुन र लिलामणि पोखरेल  रहेका छन् ।

प्रतिबद्धता पत्रमा विगत, वर्तमान र भविष्य तीन वटै कुरामा पार्टीका दिशा कस्तो हुने भन्ने विषय प्रस्तुत गरिने सदस्य वेदुराम भुसालले जानकारी दिए ।

‘विगतमा हामीले स्वेतपत्र जारी गर्ने भनेका थियौं । स्वेतपत्रमा विगतका काम मात्रै समेटिने भएकाले यसमा भविष्यको बाटो र नीतिलाई राख्दै आफ्ना कमीकमजोरीको आत्मालोचना गर्दै नागरिकसामु पार्टीको प्रतिबद्धता सार्वजनिक गर्नेबारे छलफल भएको छ,’ भुसालले भने ।

संसद् विघटनविरुद्धको आन्दोलनलाई सशक्त बनाउन प्रतिबद्धता पत्रले सहयोग पुर्‍याउने प्रचण्ड-नेपाल समूहको निष्कर्ष छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org