चुनाव गतिविधि बढाउँदै निर्वाचन आयोग
काठमाडौं । सरकारले आउँदो वैशाखको १७ र २७ लाई प्रतिनिधिसभाको चुनाव तोकेको छ।
यसका लागि जिल्ला निर्वाचन कार्यालयले चुनावी गतिविधिबारे बुझ्न थालेको छ। केही दिनअघि नै मतदान केन्द्र र मतदानस्थल बारेमा अनुगमन गरेको कार्यालयले अहिले सरोकारवाला निकायसँग परामर्श थालेको छ। आयोगले सरोकारवालासँग चुनावी आचारसंहिता, चुनावी गतिविधिबारे जानकारी लिन/दिन थालेको छ।
अब बन्ने आचारसंहिताको मस्यौदामा सामाजिक सञ्जालमार्फत गरिने चुनावी प्रचारप्रसारदेखि भोट माग्न जाने उम्मेदवारले प्रयोग गर्ने सवारीसाधनको सङ्ख्यालगायतमा विभिन्न व्यवस्था गरिँदैछ। राजनीतिक दल र उम्मेदवारले प्रयोग गर्ने निर्वाचन प्रचारका सामग्रीमा पनि यसअघि भन्दा केही संशोधन गरी आचारसंहिता तयार हुँदैछ।
चुनाव प्रचारमा नेपाल सरकार तथा प्रदेश सरकारका मन्त्री, स्थानीय तहका जनप्रतिनिधि संलग्न हुन नहुने, उनीहरूले चुनावी प्रचारका लागि सार्वजनिक तथा निजी यातायातका साधनसमेत प्रयोग गर्न नपाउनेलगायतको व्यवस्था आचारसंहितामा गरिँदैछ।
यसअघि उम्मेदवारले चारपाङ्ग्रे हलुका सवारी साधन बढीमा चार वटासम्म प्रयोग गर्नसक्ने व्यवस्था रहेकामा अब दुई वटामात्रै प्रयोग गर्न पाउने प्रस्ताव मस्यौदामा छ। यसअघि जारी आचारसंहिताभन्दा केही फरक व्यवस्थासहित नयाँ आचारसंहिता तयार गर्न आयोग जुटेको जिल्ला निर्वाचन अधिकारी प्रेमकुमार काफ्लेले बताए।
Comments
अरु समाचार
-
भारतीय प्रधानमन्त्रीले चाँडै नेपालको भ्रमण गर्ने भन्नुभएको छ: परराष्ट्रमन्त्री डा. राणा
काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री केपी शर्मा...
-
हिरासत कक्षबाट आठ थुनुवा फरार
काठमाडौं । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्षको ‘भेन्टिलेशन’ भत्काएर नौ जना थुनुवा फरार भएका छन् । जिल्ला प्रहरी कार्यालयका...
-
पारिवारिक सुखको कामना गर्दै आजदेखि जितिया पर्व मनाइँदै
जलेश्वर (महोत्तरी), ७ असोजः सन्तानको दीर्घजीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने सम्पूर्ण मिथिला क्षेत्रकै पवित्र ‘जितिया पर्व’...
-
आइसिसी विश्वकप क्रिकेट : नेपाल क्यानडासँग पाँच विकेटले पराजित
काठमाडौँ, ७ असोजः क्यानडामा जारी आइसिसी विश्वकप क्रिकेट लिग दुईको आफ्नो तेस्रो खेलमा पनि नेपाल पराजित भएको छ । क्यानडाको...
-
नेपाल–भूटानबीच जनस्तर र व्यापारिकस्तर सम्बन्ध विकासबारे दुई प्रधानमन्त्रीबीच छलफल
न्युयोर्क (अमेरिका), ७ असोज : नेपाल र भूटानबीच जनस्तर र व्यापारिकस्तरमा सम्बन्ध विकासका लागि दुई प्रधानमन्त्रीबीच छलफल भएको छ ।...
-
प्रधानमन्त्री ओली र कुवेतका राजकुमार एवं प्रधानमन्त्री सबाहबीच भेटवार्ता
न्युयोर्क (अमेरिका), ७ असोजः संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री...
-
प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्रीबीच न्युयोर्कमा भेटवार्ता
न्युयोर्क (अमेरिका), ७ असोज : संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका...
-
रविलाई पक्राउ गर्ने चर्चासँगै पार्टी कार्यालयमा सरगर्मी बढ्यो
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गर्ने चर्चासँगै वनस्थलीस्थित पार्टी कार्यालयमा सरगर्मी बढेको छ । सभापति लामिछाने...
-
दुई महिनामा साढे ९४ अर्ब सरकारी ऋण थपियो
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिनामा रु ९४ अर्ब ५२ करोड सरकारी ऋण थपिएको छ ।...