प्रचण्डको सुरक्षामा खटियो पूर्वजनमुक्ति सेनाको टोली
प्रचण्डको सुरक्षा दस्ताको नेतृत्व गर्ने 'परलोक' को हुन् ?
काठमाडाैँ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सुरक्षाको नेतृत्व पूर्वलडाकुहरुले गर्न थालेका छन् ।
पूर्वलडाकुहरुको टोली नेकपा बिभाजनलगत्तैदेखि प्रचण्डको सुरक्षामा थियो । सरकारले अहिले सुरक्षा दस्ता फिर्ता गरेपछि यो टोली सार्वजनिक भएको हो ।
युवा संघका अध्यक्ष रामप्रसाद सापकोटा (दीपशाखा)ले भने, ‘पार्टी बिभाजनलगत्तै युवा संघले नै छानेर टोली खटाएको थियो । हाम्रा साथीहरु सुरक्षा सहयोगीको रुपमा मात्रै थिए तर सरकारले जब सुरक्षाकर्मी खोस्यो त्यसपछि मात्रै हाम्रा साथीहरु फ्रन्टमा देखिएका हुन् ।’
दीपशिखाका अनुसार प्रचण्डको सुरक्षामा पूर्वजनमुक्ति सेना नेपालका बटालियन कमाण्डर प्रकाश पाण्डे (प्रलोक) को नेतृत्वमा १० जनाको टोली खटाइएको छ । टोलीका सबै सदस्यहरु युवा संघमा आबद्ध छन् । उनीहरुले प्रचण्डको सुरक्षाको अगुवाइ गर्दै आएका छन् । देशभर भएका विरोध प्रदर्शनमा पनि पाण्डे नेतृत्वको टोलीले नै सुरक्षा प्रवन्ध मिलाउँदै आएको थियो ।
प्रचण्ड शान्ति प्रक्रियामा आउँदा पनि लडाकुहरुको दस्ताले सुरक्षा दिएको थियो । प्रचण्डको सुरक्षा टोलीको नेतृत्व विगतमा सन्तु दराई (परवाना), वीरेन्द्र वीएम (मन्जिल), युवराज दुलाल (शरद)लगायतले गरेका थिए । हाल युवा संघमा रहेका पाण्डे पनि प्रचण्डको सुरक्षामा लामो समयदेखि खटिएका एक सदस्य हुन् । उनले सेना समायोजनको क्रममा स्वेच्छिक अवकास रोजेका थिए ।
दुलालले भने, ‘प्रचण्डलाई अहिले पनि सुरक्षा थ्रेट छ । तर सरकारले बदनियत ढंगले सुरक्षा टोली फिर्ता गरेपछि पार्टीले विशेष तालिमप्राप्त हाम्रै साथीहरुलाई सुरक्षामा खटाएको छ ।’
सरकारले पूर्वप्रधानमन्त्रीहरुको सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता गर्ने निर्णय गरेसँगै प्रचण्डको सुरक्षामा हाल दुई जना नेपाल प्रहरीका र करिब १३ जना सशस्त्र प्रहरीका टोली मात्र छन् । यसअघि प्रचण्डको सुरक्षामा नेपाल प्रहरीबाट डीएसपीको कमान्डमा २६ जना र सशस्त्रबाट इन्स्पेक्टरको कमान्डमा ४७ जना गरी ७३ सुरक्षाकर्मी खटिएका थिए ।
Comments
अरु समाचार
-
नेपाल–भूटानबीच जनस्तर र व्यापारिकस्तर सम्बन्ध विकासबारे दुई प्रधानमन्त्रीबीच छलफल
न्युयोर्क (अमेरिका), ७ असोज : नेपाल र भूटानबीच जनस्तर र व्यापारिकस्तरमा सम्बन्ध विकासका लागि दुई प्रधानमन्त्रीबीच छलफल भएको छ ।...
-
प्रधानमन्त्री ओली र कुवेतका राजकुमार एवं प्रधानमन्त्री सबाहबीच भेटवार्ता
न्युयोर्क (अमेरिका), ७ असोजः संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री...
-
प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्रीबीच न्युयोर्कमा भेटवार्ता
न्युयोर्क (अमेरिका), ७ असोज : संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका...
-
अर्थमन्त्री पौडेल र आइएमएफ उपनिर्देशकबीच शिष्टाचार भेट
काठमाडौं। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आएएमएफ)को एसिया प्रशान्त क्षेत्र उपनिर्देशक रुपा दत्त गुप्ताबीच शिष्टाचार भेट...
-
प्रधानमन्त्री ओली र मोदीबीच आज भेट वार्ता हुँदै
काठमाडौं । संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन संयुक्त राज्य अमेरिकामा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज विभिन्न राष्ट्रका...
-
प्रधानमन्त्री ओली र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबिच भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी...
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
आज चारवटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज चारवटा संसदीय समितिको बैठक बस्दैछ। जस अनुसार बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक...
-
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री ओली न्यूयोर्क प्रस्थान
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका छन् । शुक्रबार बिहान प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा...