संविधान कोमामा भए हामी सबै कोमामा छौं : एमिकस क्युरी पाठक
काठमाडौँ । एमिकस क्युरी गीता पाठकले संविधान बिरामी भएको भए र कोमामा गएको भए नेपाली नागरिक नै कोमामा गएको बताएकी छन् ।
प्रतिनिधिसभा विघटनको मुद्दामा संवैधानिक इजलासलाई राय दिँदै वरिष्ठ अधिवक्ता पाठकले सुनुवाइका क्रममा त्यस्ता कुरा उठेको र त्यसो भएमा सबै कोमामा गएको बताइन् ।
प्रतिनिधिसभा विघटनको मुद्दामा माघ ४ गतेदेखि जारी बहसमा अन्तिम कानुन व्यवसायीका रूपमा एमिकस क्युरीका रूपमा इजलाससामु आएकी वरिष्ठ अधिवक्ता पाठकले भनिन्, ‘यस इजलासमा संविधान बिरामी छ । कोमामा छ भन्ने कुरा उठ्यो । यदि त्यसो हो भने, हामी सबै बिरामी छौं । हामी सबै कोमामा छौं । हामीलाई स्वास फेर्न गाह्रो हुन्थ्यो ।’
उनले थपिन्, ‘संविधान र त्यसका धाराले हामीलाई अक्सिजन दिन्थे ।’
प्रतिनिधिसभा विघटन सही भएको तर्क राख्दे प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट बहस गरेका सरकारी वकिलहरूले संविधान बिरामी परेको बताएका थिए । नायब महान्यायाधिवक्ता टेकबहादुर घिमिरेले बिरामी संविधानलाई उपचार गर्नका लागि विघटन सदर गर्नुपर्ने तर्क राखेका थिए । उनले भनेका थिए, ‘संविधानले फंक्सन गर्न सकेन भने, अड्कल लगाएर हामी निर्णयमा पुग्न सकेनौँ भने भोलि त्यसको नकारात्मक परिणाम र प्रभाव भोग्नुपर्छ । यो संविधान बिरामी परेको छ ।’
पुस ५ गते प्रतिनिधिसभा विघटनको प्रधानमन्त्री केपी शर्मा ओलीबाट सिफारिस र राष्ट्रपति कार्यालयबाट विघटनको घोषणा भएको विज्ञप्तिले विभिन्न प्रश्न उठाएको पाठकको भनाइ थियो । उनले ती संवैधानिक छन् कि छैनन् भन्ने प्रश्न उठेको बताइन् । त्यस्तै, न्यायिक पुनरावलोकनको विषय हो कि राजनीतिक विषय हो भन्ने कुरा पनि उठेको उनको भनाइ थियो ।
सबैले निकाय संविधानबमोजिम चल्नुपर्ने पाठकको भनाइ थियो । उनले भनिन्, ‘संविधानभन्दा माथि कोही पनि छैन ।’
Comments
अरु समाचार
-
नेपाल–भूटानबीच जनस्तर र व्यापारिकस्तर सम्बन्ध विकासबारे दुई प्रधानमन्त्रीबीच छलफल
न्युयोर्क (अमेरिका), ७ असोज : नेपाल र भूटानबीच जनस्तर र व्यापारिकस्तरमा सम्बन्ध विकासका लागि दुई प्रधानमन्त्रीबीच छलफल भएको छ ।...
-
प्रधानमन्त्री ओली र कुवेतका राजकुमार एवं प्रधानमन्त्री सबाहबीच भेटवार्ता
न्युयोर्क (अमेरिका), ७ असोजः संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री...
-
प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्रीबीच न्युयोर्कमा भेटवार्ता
न्युयोर्क (अमेरिका), ७ असोज : संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका...
-
अर्थमन्त्री पौडेल र आइएमएफ उपनिर्देशकबीच शिष्टाचार भेट
काठमाडौं। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आएएमएफ)को एसिया प्रशान्त क्षेत्र उपनिर्देशक रुपा दत्त गुप्ताबीच शिष्टाचार भेट...
-
प्रधानमन्त्री ओली र मोदीबीच आज भेट वार्ता हुँदै
काठमाडौं । संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन संयुक्त राज्य अमेरिकामा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज विभिन्न राष्ट्रका...
-
प्रधानमन्त्री ओली र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबिच भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी...
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
आज चारवटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज चारवटा संसदीय समितिको बैठक बस्दैछ। जस अनुसार बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक...
-
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री ओली न्यूयोर्क प्रस्थान
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका छन् । शुक्रबार बिहान प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा...