देउवाको बिफ्रिङ- नेकपाका दुबै समूहबाट प्रस्ताव आइरहेका छन्
काठमाडाैँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठकअघि आफू निकटका नेताहरूसँग छलफल गरेका छन्।
आज बिहान सभापति देउवाले बुढानिलकण्ठस्थित निवासमा आफू निकट केन्द्रीय सदस्यहरूसँग छलफल गरेका हुन्।
सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गरेको र बदलिँदो राजनीतिक घटनाक्रमबारे नेताहरूसँग देउवाको कुराकानी केन्द्रीत थियो।
नेकपाका प्रचण्ड-माधवकुमार नेपालले बुधबार देउवालाई भेटेर सहकार्यको प्रस्ताव गरेका थिए। देउवाले यसबारे पार्टीमा छलफल गर्ने बताएका थिए।
आज अपरान्ह ३ बजे देउवाले पदाधिकारी बैठक राखेका छन्। उक्त बैठकमा अब कसरी अगाडि बढ्ने भन्नेबारे छलफल हुनेछ।
सभापति देउवाले समसामयिक राजनीतिक घटनाबारे कुराकानी गरेको केन्द्रीय सदस्य एनपी साउदले जानकारी दिए।
देउवाले आफूनिकट नेताहरूसँग मुख्यतया नेकपामा दुइटा समूह देखिए पनि कानुनी रूपमा नेकपा सग्लो नै रहेको विफ्रिङ गरेका छन्।
साथै नेकपाका दुवै समूहले विभिन्न प्रस्ताव गर्दै आएको देउवाको भनाइ छ। यसबारे केन्द्रीय सदस्य साउदले पनि नेकपाका दुवै पक्षले प्रस्ताव गरिरहेको कुरा यसअघि नै सार्वजनिक भइसकेको र यो सामान्य विषय रहेको बताएका छन्।
‘नेकपाका दुवै समूहले कांग्रेससँग खुलेआम नै सहकार्यको प्रस्ताव गरिरहेका छन्,’ साउदले सेतोपाटीसँग भने, ‘लुकाउनुपर्ने केही कुरा छैन, यी विषय सार्वजनिक रूपले नै आइसकेका छन्।’
सर्वोच्चले मंगलबार प्रतिनिधिसभा पुनर्स्थापना गरिदिएकोले नेकपाका दुई समूह अब के गर्छन् कांग्रेसले ध्यान दिनुपर्ने पनि देउवाको भनाइ थियो।
‘नेकपाका दुइटा समूहका गतिविधि हेरेर मात्रै कांग्रेस निर्णयमा जानुपर्छ भन्ने सभापतिजीको भनाइ रह्यो,’ उनले भने, ‘दुई समूह भए पनि नेकपा त एकै पार्टी छ।’
बुधबार देउवाले महेन्द्रनारायण निधिको ९९ औं जन्मजयन्तीको अवसरमा आयोजित विचार गोष्ठीमा प्रधानमन्त्री ओलीले कि त बहुमत देखाउनुपर्ने नभए छोड्दा राम्रो हुने बताएका थिए।
Comments
अरु समाचार
-
नेपाल–भूटानबीच जनस्तर र व्यापारिकस्तर सम्बन्ध विकासबारे दुई प्रधानमन्त्रीबीच छलफल
न्युयोर्क (अमेरिका), ७ असोज : नेपाल र भूटानबीच जनस्तर र व्यापारिकस्तरमा सम्बन्ध विकासका लागि दुई प्रधानमन्त्रीबीच छलफल भएको छ ।...
-
प्रधानमन्त्री ओली र कुवेतका राजकुमार एवं प्रधानमन्त्री सबाहबीच भेटवार्ता
न्युयोर्क (अमेरिका), ७ असोजः संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री...
-
प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्रीबीच न्युयोर्कमा भेटवार्ता
न्युयोर्क (अमेरिका), ७ असोज : संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका...
-
अर्थमन्त्री पौडेल र आइएमएफ उपनिर्देशकबीच शिष्टाचार भेट
काठमाडौं। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आएएमएफ)को एसिया प्रशान्त क्षेत्र उपनिर्देशक रुपा दत्त गुप्ताबीच शिष्टाचार भेट...
-
प्रधानमन्त्री ओली र मोदीबीच आज भेट वार्ता हुँदै
काठमाडौं । संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन संयुक्त राज्य अमेरिकामा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज विभिन्न राष्ट्रका...
-
प्रधानमन्त्री ओली र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबिच भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी...
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
आज चारवटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज चारवटा संसदीय समितिको बैठक बस्दैछ। जस अनुसार बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक...
-
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री ओली न्यूयोर्क प्रस्थान
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका छन् । शुक्रबार बिहान प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा...