प्रधानमन्त्री ओली आउने भएपछि झापामा सुरक्षा सतर्कता उच्च
३१ वटा पुलको एकमुष्ट शिलान्यास गर्ने
काठमाडाैँ । प्रतिनिधिसभा विघटनको निर्णय र सर्वोच्च अदालतबाट पुनर्स्थापनाको फैसलापछि प्रधानमन्त्री केपी शर्मा ओली पहिलो पटक आज गृहजिल्ला झापा आउँदैछन् ।
प्रधानमन्त्री आउने तय भए पछि झापाका मुख्य चोकहरूमा सुरक्षाकर्मीको उपस्थिती बढाईएको छ । सदरमुकाम भद्रपुर, विर्तामोड तथा ओली सहभागी हुने कमल गाउँपालिका आसपासमा समेत सुरक्षाकर्मीहरुको बाक्लो उपस्थिती देखिएको छ ।
यस्तै ओलीको गृहनगर दमकमा तय भएका चार वटा कार्यक्रम स्थल आसपासको क्षेत्रमा पनि सुरक्षाकर्मीहरुको उपस्थिती उच्च छ ।
ओलीको प्रमुख प्राथमिकतामा ‘चाइना नेपाल फ्रेण्डशिप ईण्डष्ट्रियल’ पार्कको शिलान्यास छ । सो कार्यक्रममा उद्योग मन्त्री लेखराज भट्ट, भौतिक पूर्वाधार मन्त्री वसन्त नेम्वाङ, प्रदेश १ का प्रदेश प्रमुख तथा मुख्यमन्त्री एवम् पूर्वसभामुख सुवास नेम्वाङको पनि उस्थिती रहने इण्डष्ट्रियल पार्कका अध्यक्ष गोविन्द थापाले बताए ।
चोक सजाईयो, ईन्टरनेट पुर्याइयो
ओली आउने तय भए पछि यस पटकको तामझाम र तयारी विगतको भन्दा फरक छ ।
यसपटक ओलीको आगमनमा चाईना नेपाल फ्रेण्डशिप ईण्डष्ट्रियल पार्कको शिलान्यासलाई महत्व दिईएको छ । जसका कारण सरकारी अधिकारीहरुको उपस्थिती केही दिनअघि देखिनै वाक्लिएको छ ।
लगानी वोर्ड तथा औद्योगीक क्षेत्र व्यवस्थापन लिमिटेडका उच्च अधिकारीहरु समेत कार्यक्रमको तयारीमा जुटेका छन् ।
यस्तै ओली आउने रुटका विभिन्न भागमा राजमार्ग ढाक्ने गरिका स्वागतद्वारहरू निर्माण गरिएको छ भने दमकको मुख्य चोकमा नेपाल र चीनका राष्ट्रिय झण्डाहरूले भरिएको छ ।
इण्डष्ट्रियल पार्क शिलान्यास हुने स्थान झापाको कमल- ७ मा ईन्टरनेटसमेत पुर्याइएको पार्कका अध्यक्ष गोविन्द थापाले बताएका छन् ।
विभिन्न मुलुकका सञ्चारगृहका प्रतिनिधी तथा सञ्चारकर्मी समेत उपस्थित हुने भएकाले उच्च स्तरको ईन्टरनेट पुर्याइएको उनले बताए । सो कार्यक्रमबाट नेपाल औद्योगीक चरणमा प्रवेश गरेको उद्घोष समेत हुने उनको दावी छ ।
यस्तो छ कार्यतालिका
ओलीको सचिवालयका अनुसार ओली बिहान ११ बजे झापाको भद्रपुर विमानस्थलमा आइपुग्ने छन् । त्यसपछिका उनका सवै कार्यक्रम क्षेत्र झापा क्षेत्र नं. ५ मा रहने छन् । उनी पहिलो कार्यक्रमका लागि ११:४५ बजे कमल खोलामा निर्मित पुल उद्घाटनका लागि कमल-२ क्याम्पा पुग्ने छन् ।
१२:४५ मा उनको गृहनगर दमक १० र मोरङ जोड्ने मावा खोलामा निर्मित पुलको उद्घाटन कार्यक्रम राखिएको छ । १: ४५ मा सोही वडाबाट कमल गाउँपालिका हुँदै गौरादह जोड्ने स्थान रतुवा खोलामा निर्मित पुल उद्घाटन गरि १:३० मा चाइना नेपाल फ्रेण्डशिप इण्ड्रष्टियल पार्क शिलान्यास समारोहमा पुग्ने छन् । कमल ७ को झर्काहा बजारमा यो कार्यक्रम राखिएको छ ।
दिन भरिका लागि विभिन्न कार्यक्रम राखिए पनि उनको सम्वोधन भने सोही कार्यक्रममा मात्र हुनेछ ।
सम्वोधन पछि ३:१५ मा दमक १ बाट कमल गाउँपालिका हुँदै इलामको चुलाचुली जोड्ने स्थानको रतुवा खोलामा निर्माण भएको पुल उद्घाटन गरि ३:४५ मा दमक २ पुग्ने छन् । त्यहाँ उनले रतुवा खोलामा नयाँ पुलको शिलान्यास गर्ने छन् ।
सचिवालयका अनुसार मदन भण्डारी चुरे राजमार्गमा पर्ने सो स्थानको पूलसँगै पूर्वी खण्डका ३१ ओटा पुलको त्यहीबाट एकमुष्ट शिलान्यासको घोषणा हुने छ ।
आधा दर्जनभन्दा धेरै कार्यक्रमहरूमा सहभागी भएर ओली साँझ ५:३० बजे भद्रपुर हुँदै काठमाडौँ फर्कने कार्यतालिका छ ।
Comments
अरु समाचार
-
नेपाल–भूटानबीच जनस्तर र व्यापारिकस्तर सम्बन्ध विकासबारे दुई प्रधानमन्त्रीबीच छलफल
न्युयोर्क (अमेरिका), ७ असोज : नेपाल र भूटानबीच जनस्तर र व्यापारिकस्तरमा सम्बन्ध विकासका लागि दुई प्रधानमन्त्रीबीच छलफल भएको छ ।...
-
प्रधानमन्त्री ओली र कुवेतका राजकुमार एवं प्रधानमन्त्री सबाहबीच भेटवार्ता
न्युयोर्क (अमेरिका), ७ असोजः संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री...
-
प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्रीबीच न्युयोर्कमा भेटवार्ता
न्युयोर्क (अमेरिका), ७ असोज : संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका...
-
अर्थमन्त्री पौडेल र आइएमएफ उपनिर्देशकबीच शिष्टाचार भेट
काठमाडौं। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आएएमएफ)को एसिया प्रशान्त क्षेत्र उपनिर्देशक रुपा दत्त गुप्ताबीच शिष्टाचार भेट...
-
प्रधानमन्त्री ओली र मोदीबीच आज भेट वार्ता हुँदै
काठमाडौं । संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन संयुक्त राज्य अमेरिकामा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज विभिन्न राष्ट्रका...
-
प्रधानमन्त्री ओली र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबिच भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी...
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
आज चारवटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज चारवटा संसदीय समितिको बैठक बस्दैछ। जस अनुसार बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक...
-
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री ओली न्यूयोर्क प्रस्थान
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका छन् । शुक्रबार बिहान प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा...