ताजा समाचार

फागुन २३ गते ४ बजेलाई प्रतिनिधिसभाको बैठक बोलाउन सिफारिस

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभाको बैठक आगामी फागुन २३ गतेलाई बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद बैठक दिउँसो ४ बजे राख्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

यसअघि बसेको मन्त्रिपरिषद् बैठकमा छलफल भएपनि निर्णय भएको थिएन। आज बसेको मन्त्रिपरिषद् बैठकले औपचारिक रूपमा प्रतिनिधिसभा बैठक बोलाउन सिफारिस गरेको उनले बताए ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेपछि सरकारले यसअघि यही फागुन २३ गते बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिस गरेको थियो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org