ताजा समाचार

प्रचण्डले बोलाए माओवादी केन्द्रको स्थायी समिति बैठक, सरकारलाई दिएको समर्थनबारे निर्णय हुने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को बैठक बस्दै छ ।

केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थनबारे निर्णय गर्न लिन आज दिउँसो १ बजे बैठक बस्‍न लागेको हो ।

बैठक माओवादी केन्द्रका मुख्य नेताहरू र स्थायी कमिटीका सदस्यहरू सहभागी हुने बताइएको छ । माओवादीका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले अहिले राजनीति परिस्थितिबारे छलफल गर्न बैठक बस्‍न लागेको जानकारी दिए ।

ओलीलाई नै समर्थन गर्ने कि नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग मिलेर सरकार बनाउने भन्‍ने विषयमा छलफल हुने बताइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org