ताजा समाचार

ओली सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारीमा माओवादी केन्द्र

काठमाडौं । माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको बुझिएको छ । त्यसका लागि आज माओवादी केन्द्रले स्थायी कमिटीको बैठक पनि राखेको छ ।

माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले पार्टी कमिटीमा सघन छलफल नभए पनि त्यस्तो सम्भावना रहेको औँल्याए । “हिजो (मंगलबार) हामी बस्यौँ, विषय प्रवेश मात्रै भयो । आज यस विषयमा छलफल हुन्छ । आजै समर्थन फिर्ता लिने सम्भावना पनि छ,” उनले भने ।

पौडेलले हिजो अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका बीचमा पनि कुराकानी भएको र दुवैले आ–आफ्नो पार्टीमा छलफल गरेर निष्कर्षमा पुग्ने समझदारी भएको बताए । “कांग्रेस नयाँ समीकरणका लागि सकारात्मक छ,” उनले भने, “हामी पनि आज छलफल गर्छौँ ।”

मौजुदा संसद्मा नेकपा (माओवादी केन्द्र)को ५३ सिट छ । नयाँ सरकारका लागि १३४ मत (हाल कायम रहेको सांसद संख्याको आधारमा) आवश्यक हुन्छ । कांग्रेससँग ६३ र जसपासँग निलम्बितसमेत गरी ३४ मत छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org