ताजा समाचार

एमाले र माओवादी केन्द्र अलग पार्टी रहेको आयोगको पत्र संसद सचिवालयमा

काठमाडौँ । निर्वाचन आयोगले नेकपा एमाले र माओवादी केन्द्र औपचारिक रुपमा अलग पार्टी रहेको पत्र संसद सचिवालयमा पठाएको छ । आयोगको सो पत्र सचिवालयमा दर्ता भएको हो ।

एमाले र माओवादी केन्द्र औपचारिक रुपमा विभाजित रहेको जानकारी आयोगले गराए पनि दुवै दलका सांसद भने सत्ता पक्षकै लहरमा बस्ने छ ।

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नगरेका कारण भिन्दै लहर बनाउनु नपरेको हो ।

सर्वोच्च अदालतको फैसला अनुसार निर्वाचन आयोगले मंगलबार नेकपा एमाले र माओवादी केन्द्र अलग-अलग भएको निणर्य गरेको थियो ।

गएको आइतबार सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रको पार्टी एकीकरण बदर गरेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org