ताजा समाचार

माओवादी केन्द्रले बनायो चार सदस्यीय कार्यदल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले संगठन निर्माणका लागि प्रतिवेदन पेस गर्न चार सदस्यीय कार्यदल गठन गरेको छ ।

आज बसेको स्थायी कमिटी बैठकले गठन गरेको कार्यदलमा नेताहरु गिरिराजमणि पोखरेल, वर्षमान पुन, जनार्दन शर्मा र पम्फा भुसाल रहेको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

“बैठकले पार्टीको अहिलेको संगठनात्मक स्थितिको यथार्थलाई राखेर अबको संगठन निर्माणको योजनालाई ठोस रूप दिन अबको केही दिनभित्रै प्रतिवेदन तयार गर्ने गरी कार्यदल गठन गर्ने निर्णय गरेको छ,” उनले भने ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org