दक्षिण अफ्रिकी जुलु राजाको निधन
एजेन्सि । दक्षिण अफ्रिकाका जुलु समुदायका अति सम्मानित राजा गूडविल ज्वेलिथिनीको शुक्रबार ७२ वर्षको उमेरमा निधन भएको छ।
मधुमेहसँग सम्बन्धित रोगका कारण गम्भीर बिरामी भई उपचारका लागि अस्पतालमा भर्ना हुनुभएका राजा गूडविलको शुक्रबार निधन भएको राजदरबारले घोषणा गरेको छ। राजदरबारले जारी गरेको विज्ञप्तिमा जुलु देशका राजा गूडविल ज्वेलिथिनीको शुक्रबार बिहान निधन भएको उल्लेख छ।
राजा गूडविलले जुलु देशको राजाका रुपमा निकै लामो अवधि शासन गरेका थिए। उनको शासनकाल झण्डै पाँच दशक रहेको थियो। सन् १९४८ मा उत्तरी क्वाजुलु–नाटालको नोङ्गोमामा जन्मिएका गूडविल सन् १९६८ देखि राजगद्दीमा रहेका थिए।
परम्परागत नेतृत्व सम्बन्धी दक्षिण अफ्रिकाको संविधान बमोजिम जुलु राजाले आफ्नो समुदायको प्रतिनिधित्व गर्न सक्ने व्यवस्था छ। हाल यो पद कार्यकारी नभएर समुदायको प्रतिष्ठा र संस्कृतिसँग जोडिएको छ।
Comments
अरु समाचार
-
इरानको कोइला खानीमा विस्फोट हुँदा ३० को मृत्यु, २० जनाभन्दा बढीको अवस्था अज्ञात
काठमाडौं । पूर्वी इरानको एक कोइला खानीमा ग्यास चुहिएर भएको विस्फोटमा परी कम्तीमा ३० जनाको मृत्यु भएको छ भने २०...
-
प्रधानमन्त्री ओली र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबिच भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी...
-
मध्यपूर्वमा बढ्यो युद्धको खतरा, इजरायलद्वारा लेबनानमाथि सयभन्दा बढी रकेट आक्रमण
काठमाडौं । मध्यपूर्वमा युद्धको खतरा बढेर गएको छ । लेबनानमा मङ्गलवार र बुधवार भएको वाकीटकी र पेजर विस्फोट पछि बिहीवार...
-
थाई-नेप्लिज एशोसिएशन थाइल्याण्ड सेन्टरको सातौं कार्यकालको दोस्रो त्रैमासिक बैठक सम्पन्न
बैंकक । थाई-नेप्लिज एशोसिएशन थाइल्याण्ड सेन्टरको सातौं कार्यकालको दोस्रो त्रैमासिक बैठक सम्पन्न भएको छ । बैठक हुवाहिन शाखामा भखरै सम्पन्न...
-
जम्मू–कश्मीर विधानसभा चुनावमा ५९.१९ प्रतिशत मतदान
दिल्ली । जम्मू–कश्मीरमा बुधबार भएको विधानसभा चुनावको पहिलो चरणमा साँझ पाँच बजेसम्म ५९ दशमलव १९ प्रतिशत मतदान भएको छ ।...
-
चक्रवात “यागी”का कारण दक्षिण पूर्वी एसियाका ६०लाख बालबालिका प्रभावितः युनिसेफ
काबठमाडौं । चक्रवात यागीले निम्त्याएको बाढी र पहिरोका कारण दक्षिणपूर्वी एसियामा करिब ६० लाख बालबालिका प्रभावित भएको युनिसेफले बुधबार जनाएको...
-
बङ्गलादेशी सेनालाई आन्तरिक सुरक्षाका लागि विस्तारित अधिकार प्रदान
काठमाडौं । बङ्गलादेशको अन्तरिम सरकारले मङ्गलबार सेनालाई ’म्याजिस्टेरियल’ शक्ति प्रदान गर्ने आदेश जारी गरेको छ । यस निर्देशनले सशस्त्र सेनालाई...
-
जापानमा अक्टोबर १ मा नयाँ प्रधानमन्त्री चयन हुने
काठमाडौं । जापानमा आगामी हप्ताको नेतृत्व प्रतिस्पर्धापछि अक्टोबर १ मा संसदद्वारा औपचारिक रूपमा नयाँ प्रधानमन्त्री चयन गर्ने सत्तारुढ पार्टीका एक...
-
नाइजेरियामा बाढीका कारण चार लाख प्रभावित
काठमाडौं । उत्तरपूर्वी नाइजेरियामा बाढीबाट चार लाखभन्दा बढी पीडित भएका र उनीहरूका लागि खाद्य, पिउने पानी, सरसफाइजस्ता प्राथमिक सहायताको आवश्यकता...