सानेपामा कांग्रेस पदाधिकारी बैठक सुरु
काठमाडाैँ । नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक सुरु भएको छ। बैठक पार्टी कार्यालय सानेपामा केहीबेर अघिबाट सुरु भएको हो।
बैठकमा समसायिक राजनीति, कांग्रेसको १४ औं महाधिवेशनको क्रियाशील सदस्यताको टुंगो लगायतका विषयमा छलफल गर्ने एजेण्डा रहेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।
कांग्रेसको आगामी भदौमा महाधिवेशन गर्नैपर्ने बाध्यता छ। भोलि मंगलबारसम्म क्रियाशील सदस्यताको टुंगो लगाउनुपर्ने छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताका आधारमा राजीनामा नदिएको भन्दै अविश्वासको प्रस्ताव ल्याउन दबाबमा परेको कांग्रेसले सरकारको विषयमा आजको बैठकमा स्पष्ट धारणा ल्याउने उनले बताए।
पदाधिकारी बैठक बस्नुअघि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरुबीच पार्टी कार्यालयकै एक कोठामा छलफल भएको थियो।
वरिष्ठ नेता पौडेल, कृष्ण सिटौला ओली सरकार ढालेर आफ्नै नेतृत्वमा सरकार बनाउनुपर्ने पक्षमा छन्।
Comments
अरु समाचार
-
संसदीय समितिको कार्यादेश तय गर्न कार्यदलको बैठक बस्दै
काठमाडौं । सहकारी ठगी प्रकरण छानबिन गर्ने संसदीय समितिको कार्यादेश तय गर्न गठित कार्यदलको बैठक आज बस्ने भएको छ। आज...
-
संघीय संसद्अन्तर्गत दुवै सदनको बैठक बस्दै, अवरोध कायमै रहने
काठमाडौं । संघीय संसद्अन्तर्गत दुवै सदनको बैठक आज बस्ने भएका छन् । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक...
-
वीरगञ्ज महानगरद्वारा ४० करोड राजस्व संकलन
वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्षको १० महिनामा रु ३९ करोड ८० लाख ३४ हजार एक सय १९ रकम...
-
लोक सेवा सदनको जग्गा ४३ वर्षपछि सरकारको स्वामित्वमा
झापा । त्रिचालीस वर्षदेखि निष्क्रिय रहेको लोक सेवा सदनको करोडौँ मूल्य पर्ने गौरीगञ्जस्थित ११ बिगाहा जग्गा नेपाल सरकारको स्वामित्वमा कायम...
-
प्रमुख विपक्षीदलको वेल घेराउबीच प्रधानमन्त्रीलाई विश्वासको मत
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रतिनिधिसभाको बैठकबाट विश्वासको मत प्राप्त भएको छ । प्रतिनिधिसभाको यो कार्यकालमा उनले चौथौपटक विश्वासको...
-
कांग्रेसको विरोधका बीच प्रधानमन्त्री दाहालद्वारा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोध र नाराबाजीबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मतसम्बन्धी प्रस्ताव...
-
कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा राजेन्द्र अधिकारी नियुक्त
काठमाडौं । कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा डा राजेन्द्र अधिकारी नियुक्त भएका छन् । कोशी प्रदेश सरकार मन्त्रिपरिषद्को आजको बैठकले...
-
आज कांग्रेस संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक
काठमाडौं । कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले कांग्रेस संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक आज बिहान बस्ने...
-
प्रतिनिधिसभा बैठक दोस्रोपटक सर्यो
काठमाडौं । प्रतिनिधिसभाको बैठक दोस्रोपटक सरेको छ । आज बिहान ११ बजे बस्नेगरी तय भएको बैठक २ बजेका लागि सारिएकामा...