ताजा समाचार

‘जेठ-असारमा कोरोना उच्च बिन्दुमा पुग्न सक्छ’: स्वास्थ्य मन्त्री त्रिपाठी

काठमाडाैँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीले नेपालमा दुई वेभमा कोरोना संक्रमण आएको बताएका छन् ।

प्रतिनिधिसभा सभा बैठकमा बोल्दै उनले पहिलो वेभ अघिल्लो वर्ष जेठको पहिलो सातोदखि असारको दोस्रो साता उच्च बिन्दुमा पुगेर साउनको पहिलो सातामा न्यून अवस्थामा पुगेको भन्दै  त्यसपछि पुनः बढ्दै संक्रमण कात्तिकको दोस्रो साता उच्च बिन्दुमा पुगेको स्मरण गरे  ।

त्यसपछि संक्रमण घट्दै गएर माघको पहिलो सातादेखि निकै कम हुँदै गएकोमा दोस्रो वेभको रुपमा हालका दिनमा फेरि संक्रमित थपिँदै गएको बताए ।
उनले अबको दिनमा जनस्वास्थ्यको मापदण्डलाई प्रभावकारी बनाउन नसकिए संक्रमण बढ्दै जेठ–असारमा अर्को उच्च बिन्दुमा पुग्न सक्ने बताए ।

छिमेकी देश भारतमा संक्रमित बढ्दै गएको बताउँदै उनले आवागमनलाई व्यवस्थित गर्दै क्वारेन्टिन र आइसोलेनका साथै जनस्वास्थ्यका मापदण्डलाई कडाइ गरिनुपर्नेमा जोड दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org