ताजा समाचार

‘सभामुखज्यू संसदीय व्यवस्थामाथि प्रश्न उठ्छ भने, त्यतिबेला पदाधिकारी माथि पनि प्रश्न उठ्छ’ : लालबाबु पण्डित

संसद् सञ्चालनमा सभामुखले समन्वय नगरेको एमालेको आरोप

काठमाडाैँ । नेकपा एमालेले सभामुख अग्नि सापकोटाले सरकारसँग समन्वय नगरेको आरोप लगाएको छ ।

बिहीबार संसद बैठकमा विशेष समय लिएर बोल्दै सांसद लालबाबु पण्डितले सभामुखले सरकारसँग समन्वय नगर्दा संसदीय व्यवस्थामाथि नै प्रश्न उठेको बताएका हुन् ।

सरकारले ल्याएका विधेयकहरू संसदमा पेस नगरिएको उनको भनाइ थियो । ‘सभामुखज्यू यदि संसदीय व्यवस्थामाथि प्रश्न उठ्छ भने त्यतिबेला पदाधिकारी माथि पनि प्रश्न उठ्छ । सरकारसँग समन्वय गर्ने काम गर्नुपर्‍यो,’ उनले भने ।

सरकारलाई मात्रै दोष दिएर सभामुख उम्किन नमिल्ने भन्दै उनले सन्धि सम्झौता, विधेयक र जनताका समस्यासँग जोडिएका विशेष प्रस्ताव अघि बढाउन उनले सभामुखलाई गरे ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org