आज नेदरल्यान्ड्ससँग भिड्दै नेपाल
त्रिकोणात्मक टी–२० सिरिजमा घरेलु टोली नेपालले आज मगंलबार नेदरल्यान्ड्ससँग खेल्दैछ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो १:१५ बजे हुने खेलमा नेपाल लगातार तेस्रो जित हासिल गर्दै फाइनल पुग्न चाहन्छ।
सिरिजका आफ्ना दुई खेलमा नेदरल्यान्ड्स र मलेसियालाई समान ९ विकेटले पराजित गरेको नेपाल उच्च मनोबलका साथ मैदान उत्रनेछ। उता मेलसियालाई १५ रनले पराजित गरेको नेदरल्यान्ड्स दोस्रो जितको खोजीमा हुनेछ।
आजको खेलमा नेपालले नेदरल्यान्ड्ससलाई पराजित गरे एक खेलअगावै फाइनलमा पुग्नेछ।
नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपाली टोलीले ओपनर कुशल भुर्तेल र आसिफ शेखलाई नै प्रयोग गर्ने सम्भावना छ।
यी दुई ओपनरले दुवै खेलमा कीर्तिमानी प्रर्दशन गरिरहेका छन्। जसले विश्व टी–२० आई क्रिकेटमा दुर्लभ विश्व कीर्तिमान बनाएका छन्।
सोमबार भएको खेलमा मलेसियाविरुद्ध १ सय २ रनको शतकीय साझेदारी गरेको यो जोडिले नयाँ कीर्तिमान कायम गरेका हुन्। नेदरल्यान्ड्सविरुद्ध पहिलो खेलमा पनि शतकीय साझेदारी गरेका शेख र भुर्तेलले विश्व टी–२० आई क्रिकेटमा लगातार दुई खेलमा दुई शतकीय साझेदारी गर्ने विश्वका पहिलो जोडी बनेका छन्।
सिरिजअन्तर्गत दुई खेलमा लगातार उच्च प्रर्दशन गर्दै नेपालले टी–२० आई वरियतामा पनि आफ्नो स्थान सुधार गरेको छ। १५औं स्थानमा रहेको नेपाल १४औं स्थानमा उक्लिएको हो।
हेड टु हेड
नेपाल र नेदरल्यान्ड्सबीच हालसम्म भएका ५ भेटका नतिजा हेर्ने हो भने नेपालले ३ खेलमा जितेको छ। एक खेलमा नेदरल्यान्ड्सले जित्दा एक खेल वर्षाका कारण नतिजाविहीन हुन पुगेको थियो।
सन् २०१५ मा भएको खेलमा नेदरल्यान्ड्सले नेपाललाई १५ रनले पराजित गरेको थियो। अर्को खेलमा भने नेपालले ३ विकेटले जितेको थियो।
सन् २०१८ मा मेलवर्नमा भएको त्रिकोणात्मक सिरिज वर्षाका कारण नतिजाविहीन बनेको थियो। सन् २०१९ मा यी दुई टोलीको भेट हुँदा नेपालले ४ विकेटले जितेको थियो।
Comments
अरु समाचार
-
वेस्ट इन्डिज ‘ए’ माथि नेपालको ६ विकेटको जीत
काठमाडौं । ओपनर आसिफ शेख र अनिल साहको अर्धशतकप्रेरित नेपालले ट्वान्टी–२० शृंखलाको अन्तिम खेलमा वेस्ट इन्डिज ‘ए’विरुद्ध ६ विकेटको सहज...
-
आईपीएल: शीर्ष स्थानको राजस्थानमाथि हैदरावादको १ रनको सनसनीपूर्ण जित
काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा शीर्ष स्थानको राजस्थान रोयर्ल्समाथि सनराइजर्स हैदरावादले १ रनको सनसनीपूर्ण जित निकालेको...
-
वेस्टइन्डिज ‘ए’ले जित्यो टस, नेपालले पायो फिल्डिङको निम्तो
काठमाडौं । वेस्ट इन्डिज ‘ए’ सँगको चौथो खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा...
-
टी-२० सिरिज अन्तर्गत नेपालले आज वेस्टइन्डिजसँग चौंथो खेल खेल्दै
काठमाडौं । वेस्टइन्डिज ए सँगको टी-२० सिरिजअन्तर्गत नेपालले आज चौंथो खेल खेल्दैछ । खेल दिउँसो १२ स् १५ मा त्रिवि...
-
आइपीएलः पञ्जाबले चेन्नईमाथि ७ विकेटको सहज जित हात हात पार्यो
काठमाडौं । पञ्जाब सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को ४९ औं खेलमा चेन्नई सुपर किंग्समाथि ७ विकेटको सहज...
-
राेहितकाे कप्तानीमा टी–२० विश्वकप खेल्ने नेपाली टाेलीकाे घाेषणा
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले विश्वकप खेल्ने नेपाली टोलीको घोषणा गरेको छ । बुधबार क्यानले टिमको घोषणा गरेको हो ।...
-
वेस्ट इन्डिज ‘ए’द्वारा नेपालसामु २२८ रनको लक्ष्य
काठमाडौं । टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ले नेपालसामु जितका लागि दुई सय २८ रनको लक्ष्य प्रस्तुत गरेको छ...
-
टस हारेर फिल्डिङ गर्दै नेपाल, दीपेन्द्र सिंहको कप्तानी
काठमाडाैं। पाँच खेलको टी–२० श्रृङ्खला अन्तर्गत आज नेपाल र वेस्ट इन्डिज ‘ए’ बीच तेस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ले टस जितेर...
-
नेपाल र वेस्ट इन्डिज ‘ए’ बीच आज तेस्रो खेल हुँदै
काठमाडौं । नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको तेस्रो खेल आज (बुधबार) हुँदैछ। दुई खेल सकिँदा एकएक अंक बाँडेका नेपाल...