ताजा समाचार

स्वास्थ्य मन्त्रालयको चेतावनी- जनस्वास्थ्यको मापदण्ड पालना नगरे लकडाउन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै क्षेत्रमा मापदण्ड पालना नभए कडा कदम चाल्ने निष्कर्ष निकालेको छ ।

मंगलबार पत्रकार सम्मेलन गरेर स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले  भने, ‘भरसक बन्दाबन्दीको अवस्थामा पुर्‍याउँदैनौं । हेलचेक्र्याइँ गरे कठोर कदम उठाउन बाध्य हुनेछौं । जुन सरकारको इच्छा होइन ।’

जनस्वास्थ्यको मापदण्ड पालना नभए लकडाउनको अवस्थामा पुग्ने उनको भनाइ छ । ‘विवेक प्रयोग गरेर सर्तक भयौं भने हुन्छ । दूरी कायम गर्ने, भीड नगर्ने मास्क लगाउने यो नै महत्त्वपूर्ण औजार हो’, उनले भने ।

मन्त्रालयले जेठ अन्तिम सातादेखि असार पहिलो हप्तासम्म दैनिक ११ हजार संक्रमित पुग्ने  र असारमा ६ लाख संक्रमित पुग्ने प्रक्षेपण गरेको छ । सोही प्रक्षेपणको आधारमा व्यवस्थापनको तयारी गरिरहेको मन्त्रालयले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org