ताजा समाचार

सीसीएमसीको बैठक सुरु, थप कडाइ गर्न सरकारलाई सिफारिस गर्दै

काठमाडौँ  । कोभिड १९ कै कारण निम्तिएको समस्याबारे छलफल गर्न कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसीको) बैठक बसिरहेको छ ।

सीसीएमसीका अध्यक्ष तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले डाकेको बैठकमा अक्सिन अभाव तथा कोभिड नियन्त्रणको लागि आगामी रणनीति कस्तो बनाउने भन्ने विषयमा छलफल भइरहेको बताइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेपछि उपप्रधानमन्त्री पोखरेलले सीसीएमसीको बैठक डाकेको हुन् । यस अघिको सीसीएमसीको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य मापदण्डमा कडाइ गर्ने तर, लकडाउन नगर्ने बताएका थिए । तर, सीसीएमसीले संक्रमणको अवस्था हेरेर ठाउँअनुसार लकडाउन गर्न सुझाएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org