ताजा समाचार

देशभर  ३  हजार ५ सय ५६ जना कोरोना संक्रमित थपिए, थप १२ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घन्टामा देशभर  ३  हजार ५ सय ५६ जना कोरोना भाइरसका  नयाँ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार १२ हजार ४ सय जनामा गरिएको पिसिआर परीक्षणमा ३ हजार ४ सय ४२  जना  र  ८ सय ९३ जनामा गरिएको एन्टिजेन परीक्षणमा १ सय १४  जना गरी जम्मा  ३ हजार ५ सय ५६ जना नयाँ संक्रमित भेटिएका हुन्।

यस्तै, आज १२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। हालसम्म ३ हजार १ सय ७६ जनाले कोरोनाबाट ज्यान गुमाएका छन्। त्यस्तै, आज ३ सय ७८ जनाले कोरोनालाई जितेर घर फर्किएको मन्त्रालयले जनाएको छ। हाल देशभर ६५ जना क्वारेन्टाइनमा रहेको र देशभर २२ हजार ४ सय ३४ जना संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org