ताजा समाचार

सरकारलाई सहयोग गर्न गृह मन्त्रालयको अपिल

काठमाडौँ । गृह मन्त्रालयले सरकारलाई सहयोग अपिल गरेको छ ।

बिहीबार मन्त्रालयका प्रवक्ता नकराज दाहालले एक विज्ञप्ति जारी गर्दै निषेधाज्ञामा सरकारलाई सहयोग गर्न अपिल गरेका हुन् ।

‘कोभिड-१९ दोस्रो लहरको संक्रमण तिब्र गतिमा फैलिरहेको कारण उत्पन्न यस विषम परिस्थितिको सामना गर्न सरकारको प्रयासको अतिरिक्त अन्य सबै सरोकारवालाको सहयोग एवं सहकार्य पनि त्यत्तिकै जरुरी हुने भएकोले सरकारद्वारा जारी निर्देशन एवं स्वास्थ्य मापदण्ड तथा प्रमुख जिल्ला अधिकारीहरुबाट जारी निषेध आदेशको पूर्ण रुपमा पालना गरी संक्रमण फैलन नदिन सरकारको तर्फबाट गरिएको प्रयासमा सम्बद्ध सबै पक्षबाट पूर्ण सहयोग हुनेछ भन्ने अपेक्षासहित सबैको जानकारीको लागि यो विज्ञप्ति जारी गरिएको छ’, विज्ञप्तिमा भनिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org