आजदेखि निषेधाज्ञामा थप कडाइ
काठमाडौँ । निषेधाज्ञा जारी भएका मुलुकका विभिन्न जिल्लामा आजदेखि थप कडाइका साथ आदेशको कार्यान्वयन गरिने भएको छ।
अन्य जिल्लाबाट आदेश जारी भएका जिल्लामा यातायातका साधन तथा अन्य मानवीय आवागमन रोक्न भनिएको गृह मन्त्रालयले जनाएको छ।
बिहीबार पहिलो दिन भएकाले यातायातका साधनहरू बाटोमै अड्किएका, यात्रु अलमल भएकाले केही सहजीकरण गरिएको भए पनि आजदेखि भने कडाइका साथ आदेशको पालना गरिने गृह प्रवक्ता जनकराज दाहालले जानकारी दिए।
केही जिल्लामा यसअघि नै निषेधको आदेश जारी भएपनि अधिकांश जिल्लामा बिहीबारदेखि आदेश कार्यान्वयनमा आएको छ।
प्राप्त विवरणअनुसार मुलुकका १५ जिल्लामा पूर्ण र तीन जिल्लामा आंशिक निषेधाज्ञा छ।
यसरी आदेश जारी गर्ने जिल्लामा बाँके, काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, कैलाली, पर्सा, कञ्चनपुर, दाङ, पाल्पा, चितवन, रुपन्देही, सल्यान , सुर्खेत र सुनसरी छन्।
यस्तै कालिकोट, बाग्लुङ र बर्दियामा आंशिक निषेधाज्ञा छ। यसरी आदेश भएको जिल्लाहरूमा अत्यावश्यक बाहेक अन्य गतिविधि गर्न पाइने छैन।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा बिहीबारको आदेश उल्लङ्घन गर्ने दुई हजारी बढीलाई होल्ड गरेर चेतावनीका साथ अब ननिस्कने शर्तमा छाडिएको जानकारी दिएको छ।
जिल्लाजिल्लामा यो क्रम जारी रहेको थियो। नेपाल प्रहरीले अन्य जघन्य आपराधिक गतिविधि बाहेकका गतिविधि नियन्त्रण कार्यक्रमलाई थाती राखेर सबै कोभिड–१९ सङ्क्रमण नियन्त्रण अभियानमा परिचालन गरेको जनाएको छ।
ठाउँठाउँमा टोली परिचालन गरी सवारी साधन जाँच थर्न थालिएको र यो क्रम आज थप कडाइका साथ हुने नेपाल प्रहरीका प्रवक्ता बसन्तबहादुर कुँवरले जानकारी दिए।
गृह मन्त्रालयले आदेशको पूर्ण पालना गरी कोभिड नियन्त्रण अभियानमा सहयोग गर्न आम नागरिकमा अनुरोध गरेको छ।
Comments
अरु समाचार
-
फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झर्यो
काठमाडौं । फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झरेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १७६औँ...
-
चाडपर्व लक्षित सुपथ मूल्य पसल आजदेखि सञ्चालनमा
काठमाडौं । सरकारले आम उपभोक्तालाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले आजदेखि चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा...
-
थाई-नेप्लिज एशोसिएशन थाइल्याण्ड सेन्टरको सातौं कार्यकालको दोस्रो त्रैमासिक बैठक सम्पन्न
बैंकक । थाई-नेप्लिज एशोसिएशन थाइल्याण्ड सेन्टरको सातौं कार्यकालको दोस्रो त्रैमासिक बैठक सम्पन्न भएको छ । बैठक हुवाहिन शाखामा भखरै सम्पन्न...
-
भक्तपुरमा वीर अस्पताल निर्माण गर्ने विषयमा छलफल
काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माण प्रक्रिया अघि बढाउन अर्थ र स्वास्थ्य मन्त्रालयका उच्च पदस्थ अधिकारीबीच छलफल भएको...
-
दरबारमार्गमा हुने कन्सर्टमा पाँच हजार सुरक्षाकर्मी परिचालन
काठमाडौं । संविधान दिवसका अवसरमा आज काठमाडौँको दरबारमार्गमा आयोजना हुने ‘नेसनल डे कन्सर्ट’ कार्यक्रममा पाँच हजार बढी सुरक्षाकर्मी परिचालन हुने...
-
कालीगण्डकीको अवैध दोहन बढ्यो, सडकभर बालुवाको उरुङ
काठमाडौं । वर्षायामका तीन महिना नदीजन्य पदार्थ उत्खनन गर्न निषेध गरिएको भएता पनि कालीगण्डकी नदीको दोहन रोकिएको छैन । कालीगण्डकीमा...
-
अठार वर्षपछि जोमसोममा बसपार्क सञ्चालन
काठमाडौं । अठार वर्षअघि सडक सञ्जालसँग जोडिएको मुस्ताङको सदरमुकाम जोमसोममा बसपार्क सञ्चालन भएको छ । विसं २०६३ चैतमा सडक सञ्जालसँग...
-
एमालेको अधिवेशनमा प्यानल बनाउन नपाइने, ११औँ महाधिवेशनसम्ममा १० लाख सदस्यता पुर्याउने
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीको अधिवेशनको निर्वाचनमा प्यानल बनाउन नपाइने व्यवस्था लागू गरेको छ । पार्टी महासचिव शङ्कर...
-
घट्न थाल्यो सुनको मूल्य
काठमाडौं । नेपाली बजारमा बहुमूल्य पहेलो धातु (सुन)को मूल्यल उच्च कीर्तिमान कायम गरेर फेरी घट्न थालेको छ । केहीदिन पहिलासम्म...