ताजा समाचार

उपप्रधानमन्त्री पोखरेलको अपील : कोरोना रोकथामका लागि सबै जिम्मेवार बनौं

कोरोना संक्रमणको फैलँदो अवस्थाको चेन ब्रेक गर्न निषेधाज्ञा

काठमाडौं । नेपाल सरकारका उपप्रधानमन्त्री तथा कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिका संयोजक ईश्वर पोखरेलले कोरोनासँग लड्नु सबैको साझा दायित्व भएको बताएका छन् ।

उपप्रधानमन्त्री पोखरेलले सबैले हातेमालो गर्दै अगाडि बढ्न र जवाफदेही बन्न अपील समेत गरे ।

शुक्रबार सञ्चारकर्मीसँगको कुराकानीमा उपप्रधानमन्त्री पोखरेलले कोरोनाको अघिल्लो लहरले धेरै कुरा सिकाएर गएको हुँदा व्यवस्थापनको काम सहज हुने बताए । अहिले लागू भएको निषेधाज्ञा कोरोना संक्रमणको फैलँदो अवस्थाको चेन ब्रेक गर्न भएको बताए । स्थानीय प्रशासनले आफ्नो आवश्यकता हेरेर कस्तो व्यवस्थापनको विधि अपनाउने हो त्यो गर्न अधिकार दिएको पनि उपप्रधानमन्त्री पोखरेलको भनाई छ ।

सरकारले लागू गरेको निषेधाज्ञा कुनै राजनीतिक अभिप्रायले नगरिएको पनि स्पष्ट पारे । कुराकानीका क्रममा उपप्रधानमन्त्री पोखरेलले निषेधाज्ञा जनताको स्वास्थ्य सुरक्षा जीवन रक्षाको लागि भएकोले कुनै राजनीतिक उद्देश्य नहेर्न पनि आग्रह गरे । अहिले जनता आफैंपनि सचेत र जिम्मेवार हुनुपर्ने आवश्यकता रहेको पनि पोखरेलले बताए । सरकारले परिस्थितिको गम्भीरतालाई बुझेर अभिभावकीय भूमिका निर्वाह गरेको हुँदा आमनागरिकले आफ्नो जीवनसँग गाँसिएको विषयमा जवाफदेही बन्न पनि आग्रह गरे ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org