ताजा समाचार

संक्रमितको नयाँ रेकर्ड–थप ९०७० जनामा संक्रमण पुष्टि

काठमाडाै । पछिल्लो २४ घण्टामा नेपालमा थप ९०७० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार हालसम्मकै रेकर्ड संक्रमित पुष्टि भएको हो ।
यसअघि बुधबार देशभर ८६५९ जनामा संक्रमण पुष्टि भएको थियो भने ५८ जनाको मृत्यु भएको थियो ।

मन्त्रालयका अनुसार बिहीबार पीसीआर विधिबाट २० हजार ३६७ र एन्टिजेन विधिबाट ७७५ जनाको परीक्षण गर्दा क्रमशः  ८९७० र १०० जनामा संक्रमण पुष्टि भएको हो।  यस्तै पछिल्लो २४ घण्टामा ५४ जनाले ज्यान गुमाएका छन् ।
यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३ लाख ६८ हजार ५८० र निको हुनेको कुल संख्या  २ लाख ९२ हजार ४९० पुगेको छ । पछिल्लो २४ घण्टामा २७०७ जना निको भएको पनि मन्त्रालयले जनाएको छ । यस्तै मृतकको कुल संख्या ३ हजार ५२९ पुगेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या ७२ हजार ५६१ पुगेको छ भने संक्रमित निको हुने दर ७९.४ प्रतिशत रहेको छ ।

पछिल्लो समय दिनहुँ संक्रमितको संख्या बढ्दै गएको छ भने धेरैजसो जिल्लामा निषेधाज्ञा जारी गरिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org