ताजा समाचार

कोरोना संक्रमितको हेलिकप्टरमार्फत उद्धार

पुर्व मन्त्री पुनको पहलमा हेलिकप्टरमार्फत कोेरोना संक्रमितको उद्दार

रुकुम-पुर्व । रुकुम –पूर्व) अस्पतालमा उपचाररत एक कारोना संक्रमितको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । जिल्लाको भूमे गाउँपालिका वडा नम्बर ५ सेराबाङका ३८ वर्षीय कोरोना संक्रमित पुरुषको अवस्था जटिल बन्दै गएपछि अस्पतालको रेफरमा उनलाई हेलिकप्टरमार्फत उपचारको लागि काठमान्डौ लगिएको हो ।

नेकपा माओवादीका केन्द्रिय सदस्य एवम् पूर्व मन्त्री गणेशमान पुनको पहलमा हेलिकप्टरमार्फत उनलाई काठमान्डौं टिचिङ अस्पतालमा पुर्याइएको रुकुम –पूर्व) अस्पतालका डाक्टर पूर्णबहादुर पुनले जानकारी दिनुभयो । दुई महिना अघि विदेशबाट आएका ती पुरुषमा कोरोनासँग मिल्दाोजुल्दो लक्षण देखिएपछि वैशाखको २३ गते एन्टिजेन परीक्षण गरिएको थियो । जसमा उनलाई कोारेना पोजेटिभ देखियो ।

उनमा टाउको, छाती दुख्ने र श्वास प्रश्वासमा समस्या देखिएको डाक्टर पुनले जानकारी दिनुभयो । अस्पतालमा अक्सिजन दिएर उपचार गराइरहेका ती पुरुषका अवस्था जटिल बन्दै गएपछि थप उपचारको लागि हेलिकोप्टर मार्फत काठमाण्डौँ पठाइएको हो । अस्पतालमा अहिले पाँच जना कोरोना संक्रमित बिरामीको उपचार भइरहेको छ ।

अहिलेसम्म जिल्लामा ३६ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । जसमा अधिकांस लक्षणसहितका बिरामी छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org